गण्डकी प्रदेशमा थप आठ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । गण्डकी प्रदेशमा सोमबार थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा नवलपरासी, स्याङ्जा, पर्वत, तनहुँ र कास्कीमा गरी थप आठ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १,६२० पुगेको छ । त्यसैगरी गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट निको हुनेको संख्या १,४७० पुगेको छ । जसमा गत २४ घण्टामा कास्कीबाट ७ जना व्यक्तिहरु निको भई डिस्चार्ज भएका छन् ।