गण्डकी प्रदेशमा थप चार जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । गण्डकी प्रदेशमा शुक्रबार थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । लुम्बिनी प्रादेशिक अस्पताल, रुपन्देही, क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्याङ्जा, नवलपरासी र कास्कीमा गरी थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १,५७९ पुगेको छ । त्यसैगरी गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १,३८३ पुगेको छ ।