कर्णाली र सुदूरपश्चिम प्रदेशमा गरी थप ६ जनामा कोरोना संक्रमण
काठमाडौं । बिहीबार कर्णाली प्रदेश चार र सुदूरपश्चिम प्रदेशमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेशका सुर्खेत, दैलेख, मुगु र जुम्लामा गरी चार जना तथा सुदूरपश्चिम प्रदेशका कैलाली र अछाममा गरी थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।