भेरी अस्पतालमा गरिएको परीक्षणमा थप ११ जनामा कोरोना संक्रमण
काठमाडौं । भेरी अस्पताल नेपालगंज प्रयोगशालामा गरिएको परीक्षणमा सोमबार थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा ९ जना नेपालगंजका र दुई जना सल्यानका छन् । यसअघि बिहान आएको रिपोर्टमा रुकुम पूर्वका सात जनामा र बाँकेका थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै सोमबार मात्रै २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।