कोरोना संक्रमणबाट पाटन अस्पतालमा ललितपुरकी एक महिलाको मृत्यु
काठमाडौं । पाटन अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । ललितपुरकी कोरोना संक्रमित महिलाको शुक्रबार मृत्यु भएको अस्पतालले जनाएको छ ।
अस्पतालका निर्देशक डा. विष्णुप्रसाद शर्माका अनुसार स्टार अस्पताल सानेपामा उपचार क्रममा कोरोना पोजिटिभ देखिएपछि उनलाई पाटन अस्पतालमा रिफर गरिएको थियो । ती संक्रमित महिलामा निमोनियाको समस्या देखिएको अस्पतालले जनाएको छ ।
यसअघि पर्सामा बिहीबार र शुक्रबार बिहान गरी तीनजनाको सङ्क्रमणबाट मृत्युको पुष्टि भएको थियो । विगत २४ घण्टामा योसँगै कोरोना संक्रमणबाट चार जनाको मृत्यु भएको छ ।