थप १०९ जनामा कोरोना संक्रमण, १०६ जना डिस्चार्ज
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १०९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै पीसीआर विधिबाट ४,०७५ जनाको नमुना परीक्षण गरिएको छ ।
क्वारेन्टाइनमा १८,१८३ रहेका छन् भने आइसोलेसनमा सक्रिय संक्रमितको संख्या ५,३८५ रहेको मन्त्रालयले जनाएको छ । शनिबार थप १०६ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १३,०५३ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।
यसैबीच बाराको परवानीपुरकी १७ वर्षीया किशोरीको कोरोना सक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ । वीरगंजको गण्डक अस्पतालमा मृत्यु भएकी किशोरीको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको हो। शुक्रबार अपराह्न ती किशोरीको निधन भएको थियो। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४५ पुगेको छ।