गण्डकी प्रदेशमा एकैदिन थपिए २५ जना कोरोना संक्रमित
काठमाडौं । गण्डकी प्रदेशमा शनिबार २५ जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बागलुङ, म्याग्दी, कास्की, तनहुँ, स्याङ्जा र नवलपरासीमा गरी थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १०८८ पुगेको छ ।