भारतले कोरोनाभाइरसविरुद्ध बनाइएको खोपको जुलाईमा मानिसमा परीक्षण गर्ने



भारतमा कोरोनाभाइरसविरुद्ध बनाइएको एउटा खोपको जुलाई महिनामा मानवमा परीक्षण हुने भएको छ । उक्त परीक्षणमा स्वयंसेवीहरू सहभागी हुनेछन् । हैदराबादस्थित भारत बायोटेकले निर्माण गरेको खोपको परीक्षणमा कति मानिस सहभागी हुन्छन् भन्ने स्पष्ट पारिएको छैन ।

पशुहरूमा गरिएको परीक्षणमा उक्त खोप सुरक्षित भएको र त्यसले शरीरको प्रतिरोध प्रणालीलाई सबल बनाउने देखिएको छ । अहिले विश्वका विभिन्न स्थानमा खोप बनाउने करिब १२० वटा परियोजना सञ्चालन भइरहेका छन् ।

छवटा भारतीय फर्महरू पनि खोप निर्माण र परीक्षणको काममा सहभागी छन् । भारतमै सङ्कलन गरेर प्रयोगशालामा निस्तेज बनाइएको कोरोनाभाइरस प्रयोग गरी भारत बायोटेकले पहिलो खोप निर्माण गरेको हो । प्रिक्लिनिकल परीक्षणका परिणामहरू पेस गरेपछि भारतीय औषधि नियामक निकायले आफूलाई दुई चरणमा मानव परीक्षण गर्ने अनुमति दिएको उसले एउटा विज्ञप्तिमा उल्लेख गरेको छ ।

स्थानीय रूपमा कोरोनाभाइरसको उक्त ‘स्ट्रेन’ (प्रकार) सङ्कलन गर्न सकिएकाले चाँडै खोप बनाउन सकिएको उक्त फर्मले बताएको छ । उक्त भाइरसलाई उसले कोभ्याक्सीन नामकरण गरेको छ ।

खोप निर्माणमा भारतको नेशनल इन्स्टिट्यूट अफ भाइरोलजी र इन्डिया काउन्सिल अफ मेडिकल रिसर्चसँग सहकार्य गरिएको भारत बायोटेकका डा. कृष्ण एल्लाले बताए । उक्त फर्मले अहिलेसम्म विभिन्न खोपका चार अर्ब मात्रा विश्वभरि वितरण गरेको छ । तिनमा एचवनएनवन र रोटाभाइरसविरुद्ध निर्मित खोपहरू पनि छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तान्जानियामा बाढीमा परी कम्तीमा एकसय ५५ जनाको मृत्यु

तान्जानियामा मुसलधारे वर्षापछि आएको बाढीमा परी कम्तीमाा १५५ जनाको मृत्यु भएको छ । बर्षाका

केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु

  केन्यामा बाढीबाट कम्तीमा ३८ जनाको मृत्यु भएको र बाढीको स्तर आपतकालीन अवस्थाबाट

दक्षिण कोरियाद्वारा पहिलो नानोस्याटेलाइट प्रक्षेपण

    सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा दक्षिण कोरियाको

जलवायु परिवर्तनले अफ्रिकामा निमूल भएन मलेरिया

  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया थोरै सङ्ख्यामा पाइएपपछि जलवायु परिवर्तनले केही