कर्णाली प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण, १०७२ डिस्चार्ज
काठमाडौं । कर्णाली प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रुकुम पश्चिम, डोल्पा, दैलेख, कालीकोटलगायतका जिल्लामा गरी थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १४४३ पुगेको छ भने १०७२ जना डिस्चार्ज भएका छन् ।