थप ५५४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १२,३०९ पुग्यो
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५५४ मा जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ५५४ मा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या १२,३०९ पुगेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ४,६०६ जनाको नमुना परीक्षण गरिएको छ भने आरडिटी विधिबाट ३,६८५ जनाको नमुना परीक्षण गरिएको छ । त्यस्तै क्वारेन्टाइनमा ६५ हजार ७१२ जना रहेका छन् भने अइसोलेसनमा ९ हजार ४ सय ४७ जना रहेका मन्त्रालयले जनाएको छ । त्यस्तै शनिबार १३६ जना डिस्चार्ज भएका छन् भने अहिलेसम्म डिस्चार्ज हुनेको संख्या २,८३४ पुगेको छ ।अब कोरोना संक्रमण ७७ जिल्लामा फैलिएको छ । त्यस्तै मृत्यु हुनेको संख्या २८ पुगेको मन्त्रालयले जनाएको छ ।