कर्णाली प्रदेशमा थप ११० जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । कर्णाली प्रदेशमा थप ११० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयमा अनुसार दैलेखमा ९१ र सुर्खेत १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १०७७ पुगेको छ ।