कर्णाली प्रदेशमा थप ५२ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ९६७ पुग्यो
काठमाडौं । कर्णाली प्रदेशमा थप ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार दैलेखमा ३७ र सुर्खेतका थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ९६७ पुगेको छ ।