पीसीआर परीक्षणका लागि २० वटा प्रयोगशाला र अस्पताल इच्छुक



काठमाडौँ । कोरोना भाइरसको पीसीआर परीक्षणका लागि निजी क्षेत्रका २० वटा प्रयोगशाला र अस्पतालले इच्छा देखाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले परीक्षणका लागि इच्छुक निजी प्रयोगशालालाई प्रस्ताव आह्वान गरेकामा ती मध्ये पीसीआर मेसिन भएका नौवटा प्रयोगशालाले आशयसहितको पत्र पठाएका प्रयोगशालाकी निर्देशक डा. रुना झाले जानकारी दिएकी छन् ।

प्रस्ताव पेश गरेका अन्य ११ प्रयोगशाला र अस्पताल पनि रहेका छन् । उनीहरूले आफूसँग अहिल्यै पीसीआर मेसिन नभए पनि परीक्षणको अनुमति पाए, एक महिनाभित्र पीसीआर मेसिन किन्ने र दुई महिनाभित्र परीक्षण शुरु गर्ने प्रस्ताव पेश गरेको प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले जानकारी दिए ।

प्रयोगशालाका निर्देशक डा झाका अनुसार नौ प्रयोगशालामध्ये तीन प्रयोगशालाले आफूसँग परीक्षणका लागि आवश्यक किटसमेत रहेकाले अहिले नै परीक्षण गर्न सक्ने जनाएका छन् भने अन्य ६ वटा प्रयोगशालाले परीक्षण गर्न पाउने भए आफूले किट खरिद गर्ने प्रस्तावमा पेश गरेको उनले बताइन् ।

प्रयोगशालाले गत जेठ २२ गते सूचना प्रकाशित गरी सात दिनभित्र कोभिड–१९ परीक्षणका लागि इच्छुक दर्तावाला प्रयोगशालालाई आफूसँग भएको क्षमता खुलाई प्रस्ताव आह्वान गरेको थियो । जेठ २९ गतेभित्र प्रस्ताव आह्वानअनुसार निजी प्रयोगशालाले प्रस्ताव पेश गरेका थिए । प्रयोगशालामा प्रस्ताव पेश गरेका प्रयोगशालालाई परीक्षणको अनुमति दिएपछि कोभिड–१९ को परीक्षण गराउन चाहनेले सर्वसाधारणले आफँै शुल्क तिरेर परीक्षण गराउन सक्ने छन् ।

अहिले सरकार मातहतका प्रयोगशालाले मात्र निःशुल्क परीक्षण गरिरहेका छन् । कोभिड–१९ को परीक्षणको दायरा बढाउन मन्त्रालयले निजीलाई समेत कोभिड–१९ को पीसीआर विधिबाट परीक्षण दिने निर्णय गरेको थियो । प्रयोगशालाकी निर्देशक डा. झाले मन्त्रालयले मापदण्ड बनाएपछि ती प्रयोगशालाले परीक्षण गर्ने अनुमति दिने बताइन् । अहिले २१ वटा ठाउँबाट करिब पाँच हजार परीक्षण हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राज्यले नागरिकको स्वास्थ्यमा समान पहुँच पुर्याउनुपर्छः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको भावनाअनुसार आम नागरिकको स्वास्थ्यमा समान पहुँच पुर्याउन

बारपाकमा क्यान्सरको निःशुल्क ‘स्क्रिनिङ’ शिविर

गोरखा। गोरखाको बारपाक सुलिकोट गाउँपालिकास्थित बारपाकमा पाठेघरको मुखमा हुने क्यान्सर रोगको पूर्वपहिचानका लागि

गर्भवतीका लागि निःशुल्क एम्बुलेन्स सेवा

जनकपुरधाम । धनुषाको गणेशमान चारनाथ नगरपालिकाले गर्भवती तथा सुत्केरीका लागि निःशुल्क एम्बुलेन्स सेवा

लगानी कोषका योगदानकर्तालाई गङ्गालाल अस्पतालमा छुट

काठमाडौँ । नागरिक लगानी कोषका सहभागी, सेयरधनी र कर्मचारीलाई सहिद गङ्गालाल राष्ट्रिय हृदय