बेलायती कम्पनीले कोरोना भाइरसविरुद्धको खोपको उत्पादन थाल्यो



बेलायती औषधि उत्पादन कम्पनीले कोरोना भाइरसविरुद्धको खोपको उत्पादन थालेको जनाएको छ । ब्रिटिश औषधि निर्माता कम्पनी एस्ट्राजेनेकाले कोभिड –१९ को रोकथामका लागि तयार पारिएको सम्भावित खोपको उत्पादन शुरु गरेको हो । यद्यपि, यो खोप अहिलसम्म पहिलो चरणको परीक्षणमा मात्र सफल भएको हो ।

कम्पनीले अक्सफोर्ड यूनिभर्सिटीका वैज्ञानिकसँग मिलेर यस खोपको विकास गरेका हुन् । कम्पनीका मालिक पास्कल सोरिअटले बीबीसीसँग भने, ‘यो खोप सबै परीक्षणमा सफल हुने वित्तिकै माग धेरै नै बढ्ने र आपूर्ति सहज होस् भन्नका लागि आवश्यक सबै सामग्री तयारी अवस्थामा राख्नुपर्ने हुन्छ ।’

दुई अरबभन्दा बढी डोजका खोप आपूर्तिको लागि आफूहरु सक्षम रहेको पनि एस्ट्राजेनेका कम्पनीले जनाएको छ । खोपको प्रभाव पुष्टि नभए यसले पार्ने आर्थिक असरबारे आफूहरुलाई राम्रै जानकारी रहेको पनि सोरिअटले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अस्पताल परिसरमा इजरायली कारबाही, दुईसय जनाको मृत्यु

हमासका वरिष्ठ व्यक्तिहरू भित्र रहेको सुराकीपछि गाजामा रहेको सबैभन्दा ठूलो शिफा अस्पतालमा इजरायलले

रूसी सेनाको विमान क्रिमियाली क्षेत्रमा दुर्घटनाग्रस्त

रूसी सेनाको एउटा विमान क्रिमियाली प्रायद्वीपनजिकको समुद्रमा दुर्घटनाग्रस्त भएको युक्रेनको नियन्त्रणमा रहेको क्रिमियाली

अपहरित नाइजेरियाली बालबालिका अभिभावकसँग पुनर्मिलन

दुई हप्ताभन्दा बढी समय अपहरणमा परेर सेनाको सहयोगमा मुक्त भएका एकसय ३० भन्दा

बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय ६ महिना थप

बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री खालेदा जियाको जेल सजायलाई अर्को छ महिना थप गरेको छ