बाजुराको आइसोलेसनमा मृत्यु भएकी बालिकामा कोरोना पोजेटिभ



डडेल्धुरा । बाजुरा जिल्ला अस्पातालको आइसोलेसनमा मृत्यु भएकी बालिकामा कोरोना संक्रमणको पुष्टि भएको छ । सेती प्रादेशिक प्रयोगशालामा स्वाब परीक्षण गर्दा उनमा कोरोना संक्रमण देखिएको हो ।

सुदूरपश्चिम प्रदेशमा कोरानाबाट ज्यान गएको यो पहिलो घटना हो । अस्पतालको आइसोलेसन वार्डमा उपचाररत बूढीगंगा नगरपालिका १ की दुई वर्षीया बालिकाको आइतबार बिहान मृत्यु भएको थियो । मृतक बालिकाकी आमालाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित आमा पनि सदरमुकाम मार्तडीमा रहेको जिल्ला अस्पतालको आइसोलेसनमा राखिएको छ । एक साताअघि भारतबाट फर्किएकी ती बालिकालाई बूढीगंगा नगरपालिकाको क्वारेन्टाइनमा राखिएको थियो । ज्वरो र स्वासप्रश्वासमा समस्या आएपछि उनलाई अस्पतालको आइसोलेसनमा राखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण

  चितवन । चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन सय

ललितपुरमा चार जनामा हैजा पुष्टि

काठमाडौँ । ललितपुरमा चार जनामा हैजाको सङ्क्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य

बागमती प्रदेश सरकारले क्यान्सरपीडितलाई एक लाख सहयोग गर्ने

  भक्तपुर । बागमती प्रदेशका नवनियुक्त स्वास्थ्यमन्त्री किरण थापाले विपन्न परिवारका प्रदेशवासी क्यान्सरपीडितलाई

डेंगी नियन्त्रणका लागि स्थानीय तह र प्रदेशमा द्रुत प्रतिकार्य टोली परिचालन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले डेंगीबाट कसैले पनि ज्यान गुमाउनु नपर्ने