कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ४६ पुग्यो
काठमाडौं । कर्णाली प्रदेशमा बिहीबार थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दैलेखका आठ जनामा कोरोना संक्रमण पुष्टि भएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ४६ पुगेको छ ।