बागलुङको बढीगाड र तमनखोलाका ६ जनामा कोरोना भाइरसको संक्रमण
काठमाडौं । बागलुङको बढीगाड गाउँपालिकाका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले ६ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको हो ।
बढीगाडस्थित क्वारेन्टाइनमा रहेका वर्ष १९ र २० का २ जना पुरुष तथा बागलुङ जिल्ला तमनखोला गाउँपालिका ठेगाना भै सोही पालिकास्थित क्वारेन्टाइनमा रहेका बर्ष क्रमशः २१, २७, २७ र २१ का ४ जना पुरुष समेत गरि ६ जनामा कोरोना संक्रमणको पुष्टि भएको निर्देशनालयले जनाएको छ । उनीहरु सबैजनालाई सदरमुकामस्थित सरकारी अस्पतालमा ल्याउने तयारी भैरहेको छ ।