लकडाउनका कारण कण्डम पाउनै मुश्किल !



संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए)ले कोरोनाभाइरस महामारीका कारण सम्भवतः महिलाहरूले परिवार नियोजनका साधनमा पहुँच नपाउने र अनिच्छित गर्भाधारण बढ्ने चेतावनी दिएको छ । यूएनएफपीएको एउटा प्रतिवेदनमा भनिएको छ, “मध्यम र न्यून आय भएका ११४ देशका चार करोड ७० लाख महिलाहरूले आधुनिक परिवार नियोजनका साधनमा पहुँच नपाउन सक्छन्।“ “यदि ६ महिनासम्म लकडाउन भयो भने ७० लाख महिलाहरू अनिच्छामै गर्भवती बन्नेछन् र स्वास्थ्य सेवामा ठूलो व्यवधान आउनेछ।“ हरेक तीन महिना लम्बिने लकडाउनले थप २० लाख महिलाहरू आधुनिक परिवार नियोजनका साधनबाट वञ्चित हुनेछन् ।

यसले विशेषगरी फिलिपिन्सजस्तो गर्भपतन अवैध भएको र परिवार नियोजनका साधनहरूका लागि महिलाहरू सामुदायिक स्वास्थ्य केन्द्रहरू तथा परिवार नियोजन सम्बन्धी कार्यक्रमहरूमा भर पर्ने स्थानमा चिन्ता बढाएको छ । फिलिपिन्सस्थित संयुक्त राष्ट्रसङ्घीय समूहका प्रतिनिधि डा. जोसेफ माइकल सिंहले कोभिड १९ का कारण फिलिपिन्समा १२ लाख महिलाहरूले अनिच्छामै गर्भधारण गर्नुपर्ने स्थिति आउने बताए । यो एकदमै खराब अवस्थाको चित्रण हो ।

त्यहाँ कोरोनाभाइरस महामारीका कारण प्रमुख परिवार नियोजनका सेवामा ५० प्रतिशतले कमी आएको छ । अनिच्छित गर्भाधारणसँगै नर्स, सुसारे र आकस्मिक सेवाको कमीका कारण अधिक मातृमृत्युदर हुनसक्ने समूहले चेतावनी दिएको छ । एउटा गैरसरकारी समूह रूट्स अफ हेल्थकी प्रमुखले कण्डम सहित विभिन्न खाले परिवार नियोजनका अस्थायी साधनहरूको मौज्दात कम भएको बताइन् । फिलिपिन्सका कतिपय दुर्गम र ग्रामिण क्षेत्रहरूमा उनको संस्थाले सित्तैमा प्रजनन् स्वस्थ्य सेवा प्रदान गर्ने गर्छ ।

तर ढुवानी सेवा र उडानहरूमा आएको कमीका कारण अहिले उनीहरूको आपूर्तिमा कमी आएको छ । सरकारको राष्ट्रिय परिवार नियोजन कार्यक्रमले आफूहरूसँग आवश्यक अस्थायी साधनहरू रहेको तर सबै प्रदेशहरूमा पुर्याउन समस्या भएको बताएको छ । महामारी पहिले पनि त्यहाँका महिलाहरूले बन्ध्याकरणका साधनहरूमा पहुँच पाउन सङ्घर्ष गर्नुपथ्र्यो ।

सन् २०१७ मा गरिएको राष्ट्रिय सर्वेक्षणका अनुसार विवाहपूर्व यौन सम्बन्ध कामय गर्ने ४९ प्रतिशत महिलाहरूले कुनै पनि प्रकारको अस्थायी साधन प्रयोग नगर्ने गरेको देखाएको थियो । त्यस्तै आमा बन्न नचाहने १७ प्रतिशत महिलाहरूले पनि अस्थायी साधन प्रयोग नगर्ने गरेको बताएका थिए । फिलिपिन्समा यस्ता साधनहरूको प्रयोगले हुने हानिलाई लिएर गलत सन्देश पाएकाले महिलाहरू परिवार नियोजनका साधन प्रयोगमा निरुत्साहित हुनु त्यसको मुख्य कारण भएको बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दक्षिण कोरियामा सेनाको विमानले गलत स्थानमा विस्फोटक पदार्थ खसाल्दा केही सर्वसाधारण घाइते

सियोल । दक्षिण कोरियाको वायु सेनाले आफ्नोे एउटा लडाकू विमानले एक प्रशिक्षण अभ्यासका

रोहिङ्ग्या शरणार्थीको खाद्यान्न सहायता आधा घटाइने

बंगलादेश । संयुक्त राष्ट्रसङ्घीय खाद्य निकायले आर्थिक अभावका कारण बङ्गलादेशमा रहेका करिब १०

सबै बन्धकलाई तत्काल रिहा नगरे हमासका कुनै पनि सदस्य सुरक्षित नरहने ट्रम्पको चेतावनी

बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बन्धक रिहा नगरे हमासलाई सफाया गर्ने चेतावनी

वीरगञ्ज–पलथैया औद्योगिक कोरिडोरमा औषधि उद्योग विस्तार हुँदै

वीरगञ्ज । वीरगञ्ज-पलथैया औद्योगिक कोरिडोरमा सञ्चालित म्याग्नस फर्माले मौजुदा उद्योगमा रु एक अर्ब