थप नौ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४५३ पुग्यो



काठमाडौं । नेपालमा बिहीबार थप नौ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार रुपन्देहीमा एक र झापामा आठ जना कोरोना संक्रमित भेटिएका हुन् । योसँगै कोरोना संक्रमितको संख्या ४५३ पुगेको छ । जसमा ३८३ पुरुष र ७० जना महिला छन् । त्यस्तै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

सिन्धुपाल्चोकमा एक, बाँकेमा एक र गुल्मीका एक जनाको मृत्यु भएको छ । कोरोना संक्रमण अहिलेसम्म ३८ जिल्लामा फैलिएको छ । यसैबीच काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका चार जना कोरोना संक्रमित बिहीबार निको भई डिस्चार्ज भएका छन् ।

प्रवक्ता देवकोटाका अनुसार दुई जना पुरूष र दुई जना महिला निको भई डिस्चार्ज भएका हुन् । उनीहरु अस्पताल भर्ना भएको नौ दिनमा डिस्चार्ज भएका हुन् । योसँगै निको भई डिस्चार्ज हुनेको संख्या ४९ पुगेको छ । बुधबार मात्र उदयपुरका ८ जना संक्रमित निको भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बालबालिकाको क्यान्सरको उपचारमा प्रयोग हुने औषधि ल्याइयो

काठमाडौँ । बालबालिकाका लागि क्यान्सर रोगको उपचारमा प्रयोग गर्ने औषधि ल्याइएको छ ।

हेमोफिलियाका बिरामीलाई निःशुल्क औषधि

काठमाडौं । रगत नजम्ने वंशाणुगत समस्या हेमोफिलिया रोगका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराउन

१२ दिनमा १३ लाख किशोरीले लगाए एचपिभी खोप

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको एचपिभी खोप अभियानअन्तर्गत १२ दिनमा

झापामा ६१६ नयाँ क्षयरोगी फेला

झापा। झापामा क्षयरोगका ६१६ जना नयाँ बिरामी फेला परेका छन् । जिल्लामा २७