काठमाडौंका सबै औषधि व्यवसायीको कोरोना परीक्षण गरिने
काठमाडौं । नेपाल औषधि व्यवसायी संघ काठमाडौं जिल्ला शाखाले संघका सदस्य तथा व्यवसायमा संलग्न् सबै कर्मचारीको कोरोना परीक्षण गर्ने भएको छ । संघका अध्यक्ष बद्रीप्रसाद श्रेष्ठले विज्ञप्ति जारी गरी परीक्षणका लागि नाम दर्ता गर्न आग्रह गरेका छन् । औषधि व्यवसायी कोरोना महामारीका बेला अग्रपंक्तिमा रहेर काम गरिरहेकाले परीक्षण गर्न लागिएको अध्यक्ष श्रेष्ठले जानकारी दिएका छन् ।