फेरि थपिए तीन संक्रमित, कोरोना संक्रमितको संख्या २७६ पुग्यो
काठमाडौं । नेपालमा शनिबार फेरि तीन जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तुका थप ३ जनामा कोरोना पुष्टि भएको हो ।
संक्रमित हुनेहरुमा शिवराज नगरपालिका चन्द्रौटाका २५, ३४ र ४४ वर्षका पुरुष छन् । योसँगै नेपालमा कोरोना संक्रमित हुनेहरुको संख्या २७६ पुगेको छ । शनिबार बिहान मात्रै बर्दिया, सिराहा, पर्सा, सर्लाही र चितवनमा गरी ६ जना नयाँ संक्रमित थपिएका थिए ।