ज्ञवालीलाई मानव अंग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा नियुक्ति गरेकोप्रति गोदानको आपत्ति



काठमाडौं । सरकारी चिकित्सक संघ (गोदान)ले शहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा डा। प्रेम ज्ञवालीलाई नियुक्त गरेको भन्दै आपत्ति जनाएको छ ।

आइतबार गोदनले विज्ञप्ति जारी गरी मानव अङ्ग प्रत्यारोपण विकास समिति गठन आदेश९२०६८ मा भएको व्यवस्था अनुसार कार्यकारी निर्देशक नियुक्ति गर्दा नेपाल सरकार स्वास्थ्य सेवाको हुन पर्ने भनिएको र हाल सम्म सोही अनुसार नै हुँदै पनि आईरहेको सन्दर्भमा नेपाल सरकारले सो गठन आदेशमा भएको व्यवस्था विपरित नेपाल सरकार स्वास्थ्य सेवा भन्दा बाहिरको व्यक्तिलाई कार्यकारी निर्देशकमा नियुक्ति दिइएको भन्दै संघले आपत्ति जनाएको हो ।

संघको विज्ञप्तिमा भनिएको छ, ‘सिमित सेवा सुविधाका बीच देशका सबै भागमा हर बखत कार्यरत सरकारी चिकित्सकहरुलाई विगतमा स्वायत्तताका नाममा सरकारी अस्पतालहरुलाई प्रतिष्ठान बनाउँदै गलहत्याईएका उदाहरणहरु र सरकारी स्वास्थ्य प्रतिष्ठानहरुमा उपकुलपति लगायत अन्य पदाधिकारी नियुक्त गर्दा नियम मिचेर नेपाल सरकारका चिकित्सक ईतरबाट हुने गरिएका घटनाहरुबाट पहिले नै सम्पुर्ण सरकारी चिकित्सकहरुको मनोबल घट्दो क्रममा रहेको अवस्था बिच वर्तमान अवस्थामा मानव अङ्ग प्रत्यारोपण केन्द्रमा भएको सो नियमविपरितको नियुक्तीले नेपाल सरकार स्वास्थ सेवाका चिकित्सकहरु झन् दुरुत्साहित भएको महसुस गरेका छौं । यस संघका सम्पूर्ण सदस्यहरूलाई यसबारे सजक हुन र यस्तो नियम विपरितको नियुक्तिलाई तत्काल सच्याउन यो संघ नेपाल सरकार समक्ष अनुरोध गर्दछ ।’ स्मरण रहोस् ज्ञवाली प्रधानमन्त्री केपी शर्मा ओलीको मृगौला प्रत्यारोपणमा संलग्न थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
९९ वर्षमा आँखाको ज्योति फर्किएपछि …

काठमाडौँ । पर्वत कुश्मा नगरपालिका–४ की ९९ वर्षीय विष्णुमति दमाइको खुसीको कुनै सीमा

गुल्मी अस्पतालमा विद्युतीय चिकित्सा अभिलेख प्रणाली सुरु

गुल्मी । जिल्ला सदरमुकाम तम्घासस्थित गुल्मी अस्पतालमा विद्युतीय चिकित्सा अभिलेख प्रणाली सुरु गरिएको

जनकपुरधाममा अनधिकृतरुपमा सञ्चालित अस्पतालका सञ्चालक सरकारको अनुगमनविरुद्ध आन्दोलित

जनकपुर । जनकपुरधाममा सञ्चालित अनधिकृत अस्पताल सञ्चालकलाई कारबाही गरिने भएको छ । मधेश

शतप्रतिशत नागरिकलाई स्वास्थ्य बीमामा जोड्न जरुरी छ : स्वास्थ्यमन्त्री पौडेल

पोखरा ।  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले बीमा कोष बलियो बनाउन आवश्यक भएको