पीसीआर र आरडीटी दुबैबाट गरी ३३ हजार ५ सय ६२ जनाको नमुना परीक्षण



काठमाडौं । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना संक्रमित सबैको उपचार जारी रहेको र स्वास्थ्य अवस्थामा सामान्य रहेको जनाएको छ । सोमबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले संक्रमित ३१ मध्ये चार जना निको भइ घर फर्किसकेका र बाँकीको उपचार जारी रहेको जानकारी दिए । एकै पटक १३ जना कोरोनाभाइरस (कोभिड–१९) संक्रमित फेला परेको उदयपुर जिल्लामा सरकारले परीक्षणलाई तीब्र बनाएको उनले बताए ।

हाल संक्रमित फेला परेको क्षेत्रका थप १ सय ५२ जनाको स्वाब संलकन गरी पीसीआर प्रविधिबाट परीक्षणबाट भइरहेको मन्त्रालयका प्रवक्ता देवकोटाले जानकारी दिए । मन्त्रालयका अनुसार हालसम्म ३३ हजार ५६२ जनाको पीसीआर र आरडीटी प्रविधिबाट कोभिड–१९ को परीक्षण भइसकेको छ । जसमा पीसीआरबाट ८ हजार ४१४ जना र आरडीटीबाट २५ हजार १४८ जनाको परीक्षण भएको देबकोटाले बताए ।

डा. देवकोटाका अनुसार प्रदेश १ मा २३ सय ४९ जना, प्रदेश २ मा ३२ सय ३८ जना, बागमती प्रदेशमा ४६ सय ७६ जना, गण्डकी प्रदेशमा ३७ सय ५१ जना, प्रदेश ५ मा २३ सय २४ जना, कर्णाली प्रदेशमा ३२ सय ३२ जना र सुदूरपश्चिम प्रदेशमा ५५ सय ७८ जनाको परीक्षण भइसकेको छ । हाल क्वारेन्टाइनमा ५ हजार ९३६ जना तथा आइसोलेसनमा १११ जना रहेका छन् । रेडजोनमा रहेको संख्या २६३ जना रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रौतहटको गरुडा बजारका सबै निजी अस्पताल अवैध

रौतहट । मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले अवैध रुपमा सञ्चालन भइरहेका अस्पताल

एचपिभी खोप पूर्ण रूपमा सुरक्षित छः स्वास्थ्यमन्त्री पौडेल

  काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले एचपिभी खोप परीक्षण (ट्रायल)का लागि

वीरगञ्ज–पलथैया औद्योगिक कोरिडोरमा औषधि उद्योग विस्तार हुँदै

वीरगञ्ज । वीरगञ्ज-पलथैया औद्योगिक कोरिडोरमा सञ्चालित म्याग्नस फर्माले मौजुदा उद्योगमा रु एक अर्ब

महानगरको स्वास्थ्य प्रवद्र्धन केन्द्रमा सेवा लिनेको संख्यामा उल्लेख्य वृद्धि, ७ महिनामा लिए ९३ हजारले सेवा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले स्वास्थ्य प्रवद्र्धन केन्द्रबाट प्रवाह गरिरहेको स्वास्थ्य सेवामा सेवाग्राहीको सङ्ख्या