चौधरी फाउण्डेशनद्वारा सरकारलाई एक हजार थान ‘पीसीआर रिएजेन्ट’ हस्तान्तरण



काठमाडौं । चौधरी फाउण्डेशनले सरकारलाई एक हजार थान ‘पीसीआर रिएजेन्ट’ हस्तान्तरण गरेको छ । चौधरी फाउण्डेसनले निजी क्षेत्रको तर्फबाट पहिलोचोटि सरकारलाई १ हजार थान ‘पीसीआर रिएजेन्ट’ (परीक्षण सामग्रीहरू) हस्तान्तरण गरेको हो ।

स्वास्थ्य मन्त्रालयमा आयोजित समारोहमा फाउण्डेसनले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई ती सामग्री हस्तान्तरण गरेको हो । कोरोना संक्रमित व्यक्ति पहिचान गर्न ‘पीसीआर रिएजेन्ट’ अति महत्वपूर्ण उपकरण हो ।

फाउण्डेसनले चीनबाट आयात गरेका यी सामग्री ग्रहण गर्दै स्वास्थ्यमन्त्री ढकालले विषम परिस्थितिमा निजी क्षेत्रले गरेको यस्तो सहयोग सह्रानीय भएको भन्दै फाउण्डेसनलाई धन्यवाद दिए ।

फाउण्डेशनले आगामी दिनमा पनि थप सहयोग गर्ने जनाएको छ । फाउण्डेसन अध्यक्ष विनोद चौधरीले कोरोना नियन्त्रणमा सरकारले थालेको प्रयासमा साथ दिन पाउँदा आफूहरूलाई सन्तोष मिलेको बताएका छन् । पहिलो चरण अन्तर्गत चौधरी फाउण्डेसनले सातै प्रदेशका गरी ४८ स्वास्थ्य संस्थामा पीपीई र उपचार सामग्री वितरण गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अब बागमती प्रदेशभित्रका सबै अस्पतालमा बिहान ८ बजेदेखि ओपिडी सेवा सुरु हुने

  भक्तपुर । बागमती प्रदेशभित्रका प्रादेशिक अस्पतालहरूमा यही माघ २२ गतेदेखि बिहान ८

सिरहाका तीन अस्पतालाई स्वास्थ्य उपकरण सहयोग

सिरहा । सिरहाका तीन अस्पतालाई करोडौं मुल्य बराबरका स्वास्थ्य सामग्री तथा उपकरण प्राप्त

भरतपुर अस्पतालको प्रयोगशाला रिपोर्ट स्वचालित मेसिनबाट

चितवन ।  भरतपुर अस्पतालले प्रयोगशाला लगायतका परीक्षणको रिपोर्ट स्वचालित प्रविधिमा बिरामी आफैले लिनसक्ने

हामीसँग युवालाई देशमै रोक्ने कार्यक्रम खोइ ?

काठमाडौँ । अहिले संविधान संशोधनको विषय राष्ट्रिय राजनीतिमा निकै चर्चामा छ । संविधान