१ महिना यो कहर काट्यौं भने हामीले कोरोनालाई जित्नेछौं



कोरोना संक्रमण : अब अाशा पलायो , निरास बन्नु पर्दैन , सावधान रहौँ , पार पाउन सकिन्छ । . कोरोना संक्रमणको निदान तथा उपचारमा धेरै प्रगति भइरहेको छ | . -छिमेकी देश भारतले कोरोना परीक्षण किटको सफल प्रयोगपछि ठूलो संख्यामा किट निर्माण गरिरहेको छ | १०० भन्दा धेरै कोरोना भाइरसका बिरामी भारतका अस्पतालमा उपचार पछि निको भएर घर फर्किएका छन् | . – त्यस्तै चीनमा यसको महामारी नियन्त्रणमा आइसकेको छ |

चीनले ठूलो मात्रामा औषधि, उपकरण तथा टेस्ट किट निर्माण गरेर विश्वव्यापी सप्लाई गरिरहेको छ | . -कोरियामा संक्रमितको ग्राफ फ्ल्याट भएको छ | अर्थात घटिरहेको छ | जापानले संक्रमणलाई आफ्नो नियन्त्रणमा राखेको छ | .

-इजरायलका बैज्ञानिकले कोरोना विरुद्धको खोपमा ठूलो प्रगति गरेका छन् | . -चीनमा ८६ बर्षदेखि १०३ बर्षका बिरामी पनि ठिक भएर डिस्चार्ज भएका छन् | . -भारतमा पनि ८६ बर्षका बिरामी जसलाई सुगर र प्रेसरका दीर्घ रोगी थिए, उनी निको भएर घर फर्किएका छन् | . -युरोप र अमेरिकामा निको भएर घर फर्किनेको संख्या ह्वात्तै बढेको छ | . -नेपालमा ७ प्रदेशबाट नै कोरोना संक्रमणको परिक्षण भइरहेको छ | .

– अहिलेसम्म संक्रमित ५ जनामध्ये १ जना निको भइसकेका छन् भने बाँकी ४ जनाको अवस्था सुधारोन्मुख छ | सरकारले लक डाउनलाई प्रभावकारी बनाएको छ | . – उच्च रक्तचाप, मधुमेह लगायतका बिरामी जसलाई औषधि सेवनले कन्ट्रोल राखेको छ, त्यस्ता 95 % बिरामी निको भएर फर्किएका छन् | .

– हाल मृत्यु भएका ३८ हजार मध्ये अधिकांश व्यक्ति किड्नी फेल भएका, क्यान्सरको अन्तिम स्टेजका, एचाइभी /एड्सको औषधिले काम गर्न छोडेका तथा Immunosupressant रोग भएका छन् | कोरोना संक्रमण नफैलिएको भएपनि उनीहरुमध्ये ५० % को मृत्यु नाजुक स्वास्थ्यको कारण हुनेथियो | . हामी नागरिक चेतनशील भएका छौं | १ महिना यो कहर काट्यौं भने हामीले कोरोनालाई जित्नेछौं |

– डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अनलाइन फार्मेसी सञ्चालन नगर्न विभागको निर्देशन

काठमाडौँ । औषधि व्यवस्था विभागले अनलाइन फार्मेसी सञ्चालन नगर्न निर्देशन दिएको छ ।

विश्व स्वास्थ्य संगठनले बालबालिकामा हुने क्यान्सरको उपचारका लागि निःशुल्क औषधि उपलब्ध गराउने

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) तथा सेन्ट

बालबालिकालाई इनर्जी ड्रिंक मात्र होइन, सफ्ट  ड्रिंक पनि स्वास्थ्यका दृष्टिले राम्रा छैनन्

डा अरुणा उप्रेती । मिठाइ धेरैलाई मन पर्ने खाद्यवस्तु हो । मिठाइ उत्सव,

हुम्लामा ८२ प्रतिशत बालबालिकाले लगाए दादुरा–रुबेलाविरुद्धको खोप

सिमकोट । हुम्लामा ८२ प्रतिशत बालबालिकाले दादुरा–रुबेलाविरुद्धको खोप लगाएका छन् । सातवटा स्थानीय