नेपाल क्यान्सर हस्पिटल हरिसिद्धिमा सबै रोगको उपचार सेवा शुरु



ललितपुर । नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर हरिसिद्धिमा क्यान्सर रोग बाहेकका अन्य रोग लागेका विरामीको पनि उपचार शुरु गरिएको छ । अस्पतालमा केहीमहिनादेखि ‘निरोगी वेलनेश सेन्टर’ स्थापना गरि अन्य रोगको पनि उपचार शुरु गरिएको अस्पतालका कार्यकारी अध्यक्ष एवम् वरिष्ठ क्यान्सर विशेषज्ञ डा.सुदीप श्रेष्ठले जानकारी दिए ।

‘क्यान्सरको लक्षण नकुरौं, समयमै स्वास्थ्य जाँचगरि क्यान्सर नै भएछ भनेपनि शुरुकै अवस्थामैउपचार गरौं’भन्ने सन्देश दिन‘निरोगी वेलनेश सेन्टर’ स्थापनागरिएको डा.श्रेष्ठले बताए । उनले भने—‘क्यान्सरको लक्षण कुर्दाकुर्दै क्यान्सर तेस्रो र चौथो स्टेजमापुगिसकेको हुन्छ र विरामीलाई चाहेर पनि बचाउन सकिन्न ।’
‘यतीमात्रै नभईआफ्नो उपचारको लागिविरामीले विभिन्न दुःखकष्ट झेल्दै टाढाका अस्पताल धाउननपरोस भन्ने पनिहाम्रो चाहना हो’—उनले भने ।
मुटुरोग विशेषज्ञ एवम् जनरल फिजिसियन डा.उजित कर्माचार्यको नेतृत्वमा हरेक दिनविहान ८ बजेदेखि ४ बजेसम्म उपचार सेवा दिने उद्देश्यका साथ‘निरोगी वेलनेश सेन्टर’को स्थापना गरिएको हो ।

यसको अलावा उक्त सेन्टरमा क्यान्सर एवम् मुटुरोग विशेषज्ञ एवम् जनरल फिजिसियन डा.उजित कर्माचार्य, डा.शैलेन्द्र श्रेष्ठ र डा.सचिन शाक्यले मुटुरोग र सामान्य स्वास्थ्य जाँच तथा स्त्रीरोग तथा क्यान्सर विशेषज्ञ डा.अञ्जु श्रेष्ठ र डा.अनु बज्राचार्यले स्त्रीरोगका विरामीको जाँच गर्ने व्यवस्था मिलाइएको छ ।

क्यान्सरका विरामीको लागि सो अस्पतालमा दैनिक ३० भन्दा बढी वरिष्ठ क्यान्सर विशेषज्ञ चिकित्सकहरुले वालवालिका, महिला र पुरुषहरुको क्यान्सर जाँच र उपचार गर्दै आएकोमा जनरल फिजिसियन र मुटुरोग विशेषज्ञ चिकित्सकहरुबाट समेत दैनिक रुपमाअन्य विरामीको जाँच र उपचार पनि शुरु गरिएको ‘निरोगी वेलनेश सेन्टर’काप्रमुख डा.उजित कर्माचार्यले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल र चीनबीच मानव संशाधन विकास सहयोग र बोन म्यारो प्रत्यारोपणसम्बन्धी सम्झौता

काठमाडौं । नेपाल र चीनबीच दुई महत्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ

कर्णालीका हिमाली जिल्लामा देखिन थाल्यो औलो रोग

कर्णाली । कर्णालीका हिमाली जिल्लामा औलो देखिएको छ । सडक सञ्जालले हिमाली जिल्ला

सर्वसाधारणलाई ‘लू’बाट बच्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तातो हावा ‘लू’बाट बच्न सर्वसाधारणलाई आग्रह गरेको

कोल्डड्रिङ्क्सको सट्टा कागती पानी 

डा अरुणा उप्रेती । गर्मीयाम सुरु भएसँगै तीर्खा मेट्नका लागि विभिन्न चिसो पेय