लसुन खाँदा कोरोनाभाइरसको सङ्क्रमण हुँदैन त ?



कोरोनाभाइरस विश्वभरि फैलिरहेको छ। तर त्यो निर्मूल पार्ने उपचार अझै पत्ता लागेको छैन। दुर्भाग्यवश स्वास्थ्यसम्बन्धी अनुपयोगी सल्लाहको चक्र रोकिएको छैन। मानिसहरूले चर्चा गरेका केही कुरा तुलनात्मक रूपमा कम हानिकारक छन् भने कुनै घातक पनि छन्।

अन्लाइन माध्यममा व्यापक भएका केही त्यस्ता दाबी र तिनबारे वैज्ञानिकहरूको धारणाबारे हामी यहाँ चर्चा गर्दैछौँ।

१. लसुन

सङ्क्रमण रोक्न लसुन खान सुझाव दिइएका पोस्टहरू फेसबुकमा शेअर भएका छन्। विश्व स्वास्थ्य सङ्गठनका भनाइमा लसुनले स्वास्थ्यलाई राम्रो गर्छ र त्यसमा केही सूक्ष्मजीव मार्ने गुण पनि हुन्छ। तर त्यो खाँदा कोरोनाभाइरसको सङ्क्रमण हुँदैन भन्ने प्रमाण छैन।

तपाईँ प्रामाणिक चिकित्सकीय विधि पनि अवलम्बन गरिरहनुभएको छ भने धेरै परिस्थितिमा यस्ता औषधि हानिकारक नहुन सक्छन्। तर तिनले हानि गर्ने सम्भावना पनि हुन्छ।

साउथ चाइना मोर्निङ पोस्टले धेरै लसुन खाएकी एउटी महिलाबारे समाचार प्रकाशित गरेको थियो। उनले डेढ किलोग्राम लसुन खाएपछि घाँटीमा गम्भीर जलन भएका कारण अस्पतालमा उपचार गराउनुपरेको थियो।

सामान्यतया तरकारी र फलफूल खानु तथा पानी सेवन गर्नु स्वास्थ्यका लागि राम्रो भएको हामीलाई थाहा भएकै कुरा हो। तर निश्चित भाइरससँग सङ्घर्ष गर्न निश्चित खानेकुराले सहयोग गर्छ भन्ने प्रमाण छैन।

२. ‘मिरकल मिनरल’

हजारौँ फलोअर रहेका युट्युबर जोर्डन सेदरले एमएमएस भनिने ‘मिरकल मिनरल’ ले कोरोनाभाइरसलाई नष्ट गर्ने दाबी गरिरहेका छन्। त्यसमा रङ्ग उडाउन प्रयोग गरिने पदार्थ (ब्लीचिङ एजेन्ट) क्लोरिन डाईअक्साईड हुन्छ।

सेदर र अन्य केही व्यक्तिले कोरोनाभाइरसको प्रकोप हुनुअघि पनि उक्त पदार्थको प्रवर्धन गरेका थिए। ज्यानुअरी महिनामा उनले ट्वीट गरे, “एमएमएस क्यान्सरका कोष मार्न मात्र प्रभावकारी छैन, यसले कोरोनाभाइरस पनि नष्ट गर्न सक्छ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मातातीर्थमा देखिएको आमाको श्रद्धा(फोटोफिचर)

काठमाडौँ । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने

स्वास्थ्य बीमाको पैसा नआएपछि भरतपुर अस्पतालले हटायो २४ वटा परीक्षण

चितवन ।  साउनयता स्वास्थ्य बीमामार्फत पाउनुपर्ने भुक्तानी नपाएपछि यहाँको भरतपुर अस्पतालले बीमामा तोकिएका

सिकलसेल एनिमिया र थालसेमियामा प्रयोग हुने खोप हस्तान्तरण

काठमाडौँ । नेपाल सरकारलाई भारतबाट प्राप्त सिकलसेल एनिमिया र थालसेमियाको उपचारमा प्रयोग हुने

औलोको जोखिममा कञ्चनपुर

कञ्चनपुर। भारतसँगको खुला सीमानाकाका कारण कञ्चनपुरमा औलोको जोखिम बढेको छ । छिमेकी मुलुक