औषधि उत्पादक संघले भन्यो -६ महिनासम्मका लागि औषधि अभाव हुन्न



काठमाडौं । नेपाल औषधि उत्पादक संघले ६ महिनासम्म औषधि अभाव नहुने बताएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी संघले ६ महिनसम्मका लागि औषधि अभाव नहुने बताएको हो ।

संघका निवर्तमान अध्यक्ष दीपक प्रसाद दाहालले जनवरीमा मात्रै ३८ मेट्रिक टन पारासिटामोल आएकाले आत्तिनुपर्ने अवस्था नभएको बताए । संघका महासचिव बिप्लव अधिकारीले नेपाल ७५ प्रतिशत औषधिमा आत्मनिर्भर रहेकाले अफ्ठ्यारो अवस्थामा सरकारले विदेशबाट माग्नुभन्दा नेपाली उद्योगीहरुलाई प्रोत्साहन गर्नुपर्ने बताए ।

उनले सरकारले प्रोत्साहन गरेमा आगामी दुई वर्षभित्र नेपाली औषधि उद्योगहरुलाई पूर्ण रुपले आत्मनिर्भर बनाउन सक्ने बताए । चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमणले विश्वलाई आतंकित बनाएको छ । त्यसपछि भारतले २६ प्रकारका औषधि र कच्चा पदार्थको निर्यातमा प्रतिवन्ध लगाएको छ ।

त्यसपछि नेपालमा पनि औषधि औषधि अभाव हुने भन्दै चिन्ता व्यक्त गरिएको छ । यसैबीच नेपालले भारतलाई औषधि निर्यात नरोक्न आग्रह गरेको छ । नेपाल सरकारको आग्रहपछि भारतले पठाउनुपर्ने औषधिको सूची पठाउन भनेको र औषधि नरोक्ने बताएको सरकारले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अमेरिकामा जनावरको सम्पर्क विना नै बर्डफ्लुबाट सङ्क्रमितको पहिलो घटना पुष्टि

अमेरिकाको मिसौरी राज्यका बर्डफ्लुबाट सङ्क्रमित जनावरको सम्पर्कमा नआइकन एक व्यक्तिमा बर्ड फ्लु सङ्क्रमण

बाँकेको नरैनापुरमा अज्ञात रोगबाट थप एकजनाको मृत्यु, अरु एकसय भन्दाबढीमा ज्वरो र झाडापखालाको समस्या

बाँके । बाँकेको नरैनापुरमा अज्ञात रोगबाट थप एकजनाको मृत्यु भएपछि स्थानीयवासी भयभित हुन

साधनस्रोत भएको खण्डमा अस्पताल तीन सिफ्ट सञ्चालन गर्न सकिन्छः स्वास्थ्यमन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरुवा तथा महामारीजन्य रोग नियन्त्रण गर्न

दर्ता नभएका पोषण परिपुरकको प्रभावकारी अनुगमन गर्न संसदीय समितिको निर्देशन

काठमाडौँ । संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले दर्ता नभएका पोषण परिपुरकहरुको