औषधि उत्पादक संघले भन्यो -६ महिनासम्मका लागि औषधि अभाव हुन्न



काठमाडौं । नेपाल औषधि उत्पादक संघले ६ महिनासम्म औषधि अभाव नहुने बताएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी संघले ६ महिनसम्मका लागि औषधि अभाव नहुने बताएको हो ।

संघका निवर्तमान अध्यक्ष दीपक प्रसाद दाहालले जनवरीमा मात्रै ३८ मेट्रिक टन पारासिटामोल आएकाले आत्तिनुपर्ने अवस्था नभएको बताए । संघका महासचिव बिप्लव अधिकारीले नेपाल ७५ प्रतिशत औषधिमा आत्मनिर्भर रहेकाले अफ्ठ्यारो अवस्थामा सरकारले विदेशबाट माग्नुभन्दा नेपाली उद्योगीहरुलाई प्रोत्साहन गर्नुपर्ने बताए ।

उनले सरकारले प्रोत्साहन गरेमा आगामी दुई वर्षभित्र नेपाली औषधि उद्योगहरुलाई पूर्ण रुपले आत्मनिर्भर बनाउन सक्ने बताए । चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमणले विश्वलाई आतंकित बनाएको छ । त्यसपछि भारतले २६ प्रकारका औषधि र कच्चा पदार्थको निर्यातमा प्रतिवन्ध लगाएको छ ।

त्यसपछि नेपालमा पनि औषधि औषधि अभाव हुने भन्दै चिन्ता व्यक्त गरिएको छ । यसैबीच नेपालले भारतलाई औषधि निर्यात नरोक्न आग्रह गरेको छ । नेपाल सरकारको आग्रहपछि भारतले पठाउनुपर्ने औषधिको सूची पठाउन भनेको र औषधि नरोक्ने बताएको सरकारले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
स्वास्थ्य बीमाको पैसा नआएपछि भरतपुर अस्पतालले हटायो २४ वटा परीक्षण

चितवन ।  साउनयता स्वास्थ्य बीमामार्फत पाउनुपर्ने भुक्तानी नपाएपछि यहाँको भरतपुर अस्पतालले बीमामा तोकिएका

सिकलसेल एनिमिया र थालसेमियामा प्रयोग हुने खोप हस्तान्तरण

काठमाडौँ । नेपाल सरकारलाई भारतबाट प्राप्त सिकलसेल एनिमिया र थालसेमियाको उपचारमा प्रयोग हुने

औलोको जोखिममा कञ्चनपुर

कञ्चनपुर। भारतसँगको खुला सीमानाकाका कारण कञ्चनपुरमा औलोको जोखिम बढेको छ । छिमेकी मुलुक

चाँगुनारायण अस्पतालमा सेवा विस्तार, थाइराइडदेखि शरीरमा हुने विभिन्न भिटामिनको परीक्षण

भक्तपुर । चाँगुनारायण नगरपालिकाले स्थानीयस्तरमै आफ्ना नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न नगर