सिटीस्क्यान मर्मत गर्न भरतपुर अस्पतालद्वारा बोलपत्र आह्वान



चितवन । भरतपुर अस्पतालको सेवालाई थप चुस्त बनाउन आठ करोड हाराहारीको उपकरण खरिद एवं मर्मतसम्हार कार्य अघि बढाइएको छ । स्वास्थ्य मन्त्रालयले सङ्घीय अस्पताललाई उपलब्ध गराएको बजेटबाट उपकरण खरिद एवं बिग्रिएका उपकरणको मर्मत गर्न लागिएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए ।
उनका अनुसार दुई वटा भिडियो एक्सरे, सघन उपचार कक्षमा प्रयोग हुने सिरिञ्ज पम्प, माइक्रोडेवराइडर सेट, मनिटर, मुटुको भिडियो एक्सरे गर्ने उपकरण, शल्यक्रियामा प्रयोग हुने अपरेटिङ माइक्रोस्कोप, दुई थान एक्सरे मेशिन खरिदका लागि बोलपत्र आह्वान भइसकेको छ ।

हाल अस्पतालमा एक थान मात्रै एक्सरे मेशिन चालु अवस्थामा छ । दैनिक १०० भन्दा बढीको एक्सरे गर्नुपर्ने हुन्छ । सिटीस्क्यान मर्मतका लागि आवश्यक उपकरणको बोलपत्र आह्वान भइसकेको जनाइएको छ । बजेटको अभावमा सिटी स्क्यानमा समस्या आएको भए पनि मर्मत हुन सकेको थिएन ।

यस्तै दाँत सफा गर्ने र मिलाउने डेन्टल स्पालर, कानको श्रवणशक्ति नाप्ने ट्याम्पानो मिटर, फोहर व्यवस्थापनमा प्रयोग हुने अटोक्लेप, प्रयोगशालामा प्रयोग हुने अटोक्लेप, इण्डोस्कोपी, ल्याप्रोस्कोपीलगायतका उपकरणसमेत अस्पतालले खरिद गर्न लागेको छ ।

अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा श्रीराम तिवारीका अनुसार मन्त्रालयले उपलब्ध गराएको रकममध्येबाट ती उपकरण खरिद गर्न लागिएको हो । न्यून स्रोतसाधन र जनशक्ति भएर पनि अस्पतालले ठूलो सङ्ख्यामा बिरामीको उपचार गर्दै आएको छ । अस्पतालमा हाल ६०० श्यया सञ्चालनमा छन् । ती श्ययाअनुसारको जनशक्ति र आवश्यक भौतिक पूर्वाधारको माग गरिएको उनले बताए ।

राजधानीको प्रसूतिगृहपछि सबैभन्दा बढी प्रसूति भरतपुर अस्पतालमा हुने गर्दछ । विगतका वर्षहरुको तथ्याङ्कलाई हेर्दा हरेक वर्ष १५ हजार हाराहारीले प्रसूति सेवा लिने गरेका छन् । गत वर्ष भरतपुर अस्पतालमा दुई लाख ७३ हजार ४२८ ले बहिरङ्गमार्फत सेवा लिएका थिए । अस्पतालमा १४ विभागमार्फत सेवा उपलब्ध गराइँदै आएको छ । जिल्ला र आसपासका जिल्लाका सर्वसाधारणको उपचारको पहिलो रोजाई भरतपुर अस्पताल हुने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रभावकारी सेवा प्रदान गर्दै पोखराको सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र

गण्डकी । पूर्वाधार र व्यवस्थापन अभावमा लामो समयदेखि अस्तव्यस्त बनेको पोखराको सहरी स्वास्थ्य

प्रदेश अस्पतालमा सर्जिकल र रेडियोलोजी सेवा सुरु

लमजुङ । प्रदेश अस्पताल बेँसीसहरमा सर्जिकल इन्टेन्सिभ केयर युनिट (कक्ष) तथा रेडियोलोजी सेवा

सुलभ फार्मेसीअन्तर्गतका औषधिका प्रकार र मात्रा अध्ययन गरिने

काठमाडौं । काठमाडौं महानगरपालिकाले सुलभ फार्मेसीअन्तर्गत बिक्री गरिने औषधिका प्रकार र मात्रा अध्ययन

चीनद्वारा निजामती अस्पताललाई दुई करोड मूल्य बराबरको उपकरण हस्तान्तरण

काठमाडौं । चीन सरकारले निजामती कर्मचारी अस्पताललाई ‘लाइफ–लाइन एक्सप्रेस हङ्कङ फाउण्डेशन’मार्फत करिब दुई