चार सय गर्भवतीलाई पोषण उपहार



काठमाडौं । कैलालीको जानकी गाउँपालिकाले चार सयजना गर्भवती महिलालाई पोषण उपहार प्रदान गरेको छ । गाउँपालिकाले स्वास्थ्य संस्थामा नियमित गर्भजाँच गराइरहेका गर्भवतीलाई पोषणस्वरुप खानेकुरा र नगद प्रदान गरेको हो ।

गाउँपालिकाले हरेक महिलालाई पोषण उपहारमा एक क्यारेट अण्डा, आयोडिन नुन, सरसफाइका सामान र एक हजार रुपैयाँ प्रदान गरेको छ ।

अमरावतीकी जमुनाकुमारी चौधरीले गाउँपालिकाले गर्भवती महिलाको स्वास्थ्यमा ख्याल गर्न सन्देश दिएको बताइन् । गाउँपालिकाले आमा र बच्चाको पोषणमा सुधार ल्याउनुका साथै मातृशिशु मृत्युदर घटाउन सहयोग पुगोस् भनी कोसेली कार्यक्रम शुरु गरेको हो ।

गाउँपालिकाले कोसेली वितरणका लागि सात लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । गाउँपालिकाले दुई चरणमा कोसेली दिने तयारी गरेको छ । पहिलो चरणमा फागुन महिनामा र दोस्रो चरणमा जेठ मसान्तमा कोसेली दिइने गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कर्णालीमा ‘सामुदायिक मानसिक स्वास्थ्य’सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने

कर्णाली । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ‘सामुदायिक मानसिक स्वास्थ्यसम्बन्धी अन्तर्राष्ट्रिय प्रथम सम्मेलन’

वैशाख ३१ मा बालबालिकाका लागि ‘बृहत खोज र खोप अभियान’

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित खोप लगाउन छुटेका बालबालिकालाई आगामी वैशाख

हुम्लामा आयोजित स्वास्थ्य शिविरमा एक हजार आठ सयभन्दा बढीले लिए सेवा

सिमकोट (हुम्ला) । हुम्लाको मध्यभागमा रहेको सर्केगाड गाउँपालिकाको सर्केगाडमा बृहत् निःशुल्क स्वास्थ्य शिविर

चितवनमा रगत अभाव

नारायणगढ चितवन) । गर्मी बढेसँगै चितवनमा रगतको अभाव देखिएको छ । गर्मीले गर्दा