कोरोना लगायतका धेरै रोग सार्ने हाम्रा केही नराम्रा बानीहरु
कोरोना लगायतका धेरै रोग सार्ने हाम्रा केही नराम्रा बानीहरु
– नाक, कान, आँखा, मुख आदि अंगमा बिना काम औंला तथा हात पुर्याइरहने |
– कलम, शिशाकलम टोक्ने |
– फलफूल, बदाम लगायतका खानेकुरा तथा जंक फुड हात सफा नगरि सिधै खाने |
– साबुनपानीले हात नधोइ खाना खाने |
– फोहोर हुन्जेल त्यहि रुमाल प्रयोग गर्ने |
– रुघाखोकी लाग्दा आफ्नो अगाडि जो सुकै होस्, खोक्ने, छ्युं गर्ने |
– असुरक्षित पानी पिउने |
– पिसाब फेरेपछि हात नधुने |
– डिस्पोजेबल सर्जिकल / मेडिकल मास्क फोहोर नहुन्जेलसम्म लगाउने |
– रोगको प्रकोप फैलिएको समयमा पनि भिडभाडमा बस्न रुचाउने |
– प्रदुषित ठाउँमा बनाएको चटपटे, पानीपुरी, मकै लगायत खाने |
– हात सफा नगरि मुखमा सुर्ती राख्ने |
– बिरामीका सामान प्रयोग गर्ने |
– समयमै उपचार नगराउने | आदि ||