‘जंकफुड नै हो स्वास्थ्य विगार्ने’



डा. अरुणा उप्रेती ।

अहिले हाम्रो घरमा पाहुना आउँदा कागती पानीको सर्बत वा मोही दिने सट्टा चिसो पेय पदार्थले सत्कार गर्दा बढी सम्मान दिएको मानिन्छ । खाजामा चिउरा र आलु दिँदा अपमान ठानिन्छ तर मानिसको मुटु र मृगौला बिगार्ने चाउचाउ दिँदा सत्कार भएको मानिन्छ । त्यसैगरी बनभोज जाँदा पहिले पहिले आलु, रोटी, चना, भटमास खाने चलन थियो भने अहिले पाउरोटी, चाउचाउ, चिसो पेय पदार्थजस्ता शरीरलाई खोक्रो पार्ने खानेकुरा लिएर गइन्छ । एकछिनको जिब्रोको स्वादले शरीर धमिराले जस्तो खोक्रो पार्दै लगेको पत्तै हुँदैन। एकैचोटी डाक्टरहरूले मृगौलामा समस्या पर्यो डायलिसिस गर्नु पर्यो भने समाचार सुनाउँछन् । अनि मात्र झल्याँस्स भइन्छ तर धेरै ढिलो भइसकेको हुन्छ, ‘न्याउरी मारी पछुतो’जस्तै ।

मधुमेह विशेषज्ञ डा. ज्योति भट्टराईले भन्नु भएको सम्झन्छु, ‘मोटोपनको प्रमुख कारण अस्वस्थकर खाना, चाउचाउ, पाउरोटी, बिस्कुट, चियो पेय पदार्थ हुन् । यस्ता खानेकुराले शरीरमा क्यालोरी बढाउँछ र मोटोपन ल्याउँछ । अनि मोटोपनले हुने समस्यामध्ये रक्तचाप र मुटुको समस्या साथै मृगौलाको समस्या हुन्छ । अहिले विभिन्न अस्पतालमा गएर अनुसन्धान गरियो भने सायद मुटु र मृगौलाका धेरै रोगीमध्ये युवा उमेरका मानिस बढी फेला पर्छन् ।’

५ वर्षअघि म एउटा पत्रिकाको अफिसमा जाँदा मेरा परिचित पत्रकार कुनामा उभिएर चुरोट खाँदै रहेछन् । भित्र मलाई देखेर हत्त न पत्त चुरोट फ्याले र हाँसेर भने ‘चुरोट देखिहाल्नु भयो हत्तेरिका !’ ती पत्रकारलाई आफ्नो स्वास्थ्य बिग्रने कुरामा भन्दा चुरोट खाएको देखेकामा पिर थियो । भित्र कोठामा लगेर चिसो खाउँ भनेर मगाए । मैले मलाई उनीसँग चिनी नहालेको चिया भए हुन्थ्यो भन्ने आशय व्यक्त गरेँ ।

उनले लाज मानेजस्तो गरेर भने, ‘हेर्नु न, म त चिसो नभइ बस्न सक्दिनँ ।’ मैले पनि मौकामा भाषण छाटिहाले“, ‘चिसो पेय खाँदा तपाईंको हड्डी कमजोर हुँदै जान्छ । अनि तपाईंको शरीरमा चाहिनेभन्दा बढी चिनी जान्छ । शरीर मोटो भएर अनेक रोग लागेपछि कसरी पत्रकार भएर दौडधुप गरेर काम गर्नुहुन्छ त ? उनले मेरो कुरा यताउति गरेर टारे । ती पत्रकार साथीसँग केही समयअघि भेट हुँदा चुरोट र चिसो पेय दुवै खान छाडेको बताउँदा भने खुसी लागेको थियो ।
युवा जमातले अहिले नै स्वास्थ्य र खानपिनबारे विचार गरे कसो होला ताकि स्वस्थ भएर बुढ्यौलीमा पनि रमाइलो गर्न सकियोस्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अनलाइन फार्मेसी सञ्चालन नगर्न विभागको निर्देशन

काठमाडौँ । औषधि व्यवस्था विभागले अनलाइन फार्मेसी सञ्चालन नगर्न निर्देशन दिएको छ ।

विश्व स्वास्थ्य संगठनले बालबालिकामा हुने क्यान्सरको उपचारका लागि निःशुल्क औषधि उपलब्ध गराउने

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) तथा सेन्ट

बालबालिकालाई इनर्जी ड्रिंक मात्र होइन, सफ्ट  ड्रिंक पनि स्वास्थ्यका दृष्टिले राम्रा छैनन्

डा अरुणा उप्रेती । मिठाइ धेरैलाई मन पर्ने खाद्यवस्तु हो । मिठाइ उत्सव,

हुम्लामा ८२ प्रतिशत बालबालिकाले लगाए दादुरा–रुबेलाविरुद्धको खोप

सिमकोट । हुम्लामा ८२ प्रतिशत बालबालिकाले दादुरा–रुबेलाविरुद्धको खोप लगाएका छन् । सातवटा स्थानीय