युवालाई मुटुको स्वास्थ्य र खानपिनको प्रत्यक्ष सम्बन्ध छ भन्ने सायद थाहै छैन



डा. अरुणा उप्रेती ।

युवालाई स्वस्थ कसरी रहने भन्ने जानकारी दिन सरकारले कुनै कार्यक्रम चलाएको छैन । मृगौला रोगीलाई डायलिसिस गर्ने भनेर सरकारले महत्वाकांक्षी कार्यक्रम त ल्यायो तर सबैले मृगौला स्वस्थ रहोस् भनेर जीवनशैली र खानपिनमा कसरी सुधार गर्ने भनेर कुनै स्रोत छुट्याएको छैन ।

युवालाई मुटुको स्वास्थ्य र खानपिनको प्रत्यक्ष सम्बन्ध छ भन्ने सायद थाहै छैन । अहिले मोज गरेर पछि देखाजाएगा भन्ने मानसिकताले गाँजेको छ, अहिलेको युवा पुस्तालाई ।

मुटुको स्वास्थ्य नराम्रो भएपछि यसले मृगौला पनि समस्या पार्छ । शारीरिक अन्य अंग पनि कमजोर हुँदै जान्छन् । उच्च रक्तचाप भएपछि मुटुमा बढी दबाब पर्छ । अहिले रक्तचापको लागि औषधिहरु पनि निस्केका छन् । तिनले रक्तचापलाई नियन्त्रणमा राख्न मद्दत त गर्छन् तर जीवनशैली र खानपान बदलिएन भने केवल औषधिले मात्र समस्या समाधन गर्न सक्दैन भन्ने कुरा बुझ्नु त्यति गाह्रो कुरा त होइन ।

अहिलेका युवाले एकछिनको मोजमस्तीमा आफ्नो स्वास्थ्यलाई र जीवन नै खतरामा पारेका छन् तर युवायुवती अरुका कुरा सुन्दैनन् । ‘म सबै कुरा गर्न सक्छु, म सक्षम हुँ, मलाई कसैको उपदेश आवश्यक छैन’ भन्ने भावना प्रायः युवा पुस्तामा देखिन्छ । विभिन्न विवाह, भोज र पार्टीमा युवक युवतीले पिएको चिसो पेय र जथाभावी खाएको देखेर युवा पुस्ताको स्वास्थ्य पछि के होला भन्ने विचार भइरहन्छ ।

तर सानैदेखि मातापिताले खानेकुरालाई नियन्त्रणमा नराखेको हुनाले अहिले कति जना किशोरकिशोरी मोटोपनको शिकार भएको देखिएको छ । एक जना १५ वर्षका ५ फिट उचाइका किशोर ५४ केजीका थिए । उनका बाजेले माया गरेर उपहार दिने गरेकाले ती किशोरले घरको खाना नखाने र बाहिरको चिसो पेय चकलेट र कुरकुरे मात्र खाने गर्थे ।

घरमा भात नखाएपछि स्कुल जाँदा ‘भोक लाग्ला खाजा खाउ’ भनेर घरबाट पैसा दिएपछि ती किशोरको खाजा, समोसा, चाउचाउ आदि मात्र हुन्थ्यो । ती किशोरलाई एकदिन छातीको समस्या भएर डाक्टरकहाँ लग्दा डाक्टर त छक्क परेका थिए । ‘यति मोटो तिमी कसरी भयौ ? तिम्रो त तौल तुरुन्त घटाउनु पर्छ । नत्र त तिमीलाई पछि अनेक रोग लाग्छ,’ भनेर छातीको समस्याको औषधि दिए ।

ती किशोरलाई भने डाक्टरसँग एकदम रिस उठ्यो रे ! कारण चाहिँ डाक्टरले उनलाई मोटो भन्यो भनेर । औषधि खाएपछि ती किशोर ठिक त भए तर पत्रु खाना खाइरहेका छन् । किशोरका मातापिताले अब उनको तौल घटाउनु पर्छ भनेर कोक नखाऊ, डाइट कोक खाऊ है भनेको मैले सुनेँ । ती किशोर त बच्चै थिए, बुद्धि थिएन तर ५० वर्षका आमाबाबुको डाइट कोक खाऊ भनेको बुद्धि देखेर चाहिँ म छक्क परेँ । डाइट कोक बाहियात कुरा हो भन्ने कुरा तिनलाई कसैले भनेको छैन कि ?

टिभीमा आएका विज्ञापनले प्रभावित भएर किशोर र युवायुवती अहिले अति अस्वस्थकर खाना खान्छन् । पोषणले भरिपुर्ण भएका दाल, भात, रोटी, दहीलाई अवहेलना गर्छन् । अनि बिरामी भएपछि अस्पताल र औषधिको भरमा सम्पूर्ण जीवन बिताउनु पर्दा कति समस्या पर्छ विचार नै गर्दैनन् र अनेक रोग लागेपछि मानसिक तनावमा पर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सरकारीमा कार्यरत चिकित्सकले निजी स्वास्थ्य संस्थामा पूर्णकालीनरुपमा कार्य गर्नु कानुनविपरीतः स्वास्थ्य मन्त्रालय

  काठमाडौँ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीले निजी स्वास्थ्य संस्थामा

डा भगवान कोइरालाको अगुवाइमा बन्न लागेको बाल अस्पताललाई शर्माले गरे २० लाख सहयोग

    काठमाडौँ । प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा सुनील शर्माले वरिष्ठ मुटुरोग

अब दमौली अस्पतालमा १२ घण्टा ओपिडी सेवा

तनहुँ । तनहुँको सदरमुकामस्थित दमौली अस्पतालले बिहीबारदेखि बहिरङ्ग (ओपिडी) सेवा १२ घण्टा सञ्चालन

सेवाग्राहीको विश्वास जित्दै जनस्वास्थ्य प्रयोगशाला

    काठमाडौँ । काठमाडौंको टेकुस्थित स्वास्थ्य सेवा विभाग परिसरमा रहेको राष्ट्रिय जनस्वास्थ्य