के छ कार्यदलले तयार पारेको प्रदेश दुईको स्वास्थ्य नीतिमा ?



जनकपुरधाम । प्रदेशको स्वास्थ्य नीति बनाउन सरकारले गठन गरेको कार्यदलले आफनो मस्यौदा सरकारलाई हस्तान्तरण गरेको छ ।

समाजिक विकास मन्त्रालयले आयोजना गरेको कार्यक्रममा कार्यदलका संयोजक डा. राम केवल साहले समाजिक विकास मन्त्री नवल किशोर साहलाई र मन्त्री साहले मुख्यमन्त्री लालबाबु राउत मस्यौदा हस्तान्तरण गरेका हुन् ।

कार्यदलले तयार पारेको मस्यौदामा प्रदेश दुईको स्वास्थ्य क्षेत्रमा देखिएको समस्या, सुधारका लागि गर्नुपर्ने उपाय तथा स्वास्थ्य क्षेत्रको पुनर्संरचना लगायतका विषयहरु समेटिएको छ ।

कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले कार्यदलले तयार पारेको मस्यौदाले प्रदेशको स्वास्थ्य अवस्थामा सुधार ल्याउन प्रदेश सरकारलाई मार्गदर्शक हुने विश्वास व्यक्त गरे । सरकारी नीतिकै कारण स्वास्थ्य क्षेत्र सोच अनुरुपको सफलता पाउन नसकेको उल्लेख गर्दै उनले स्वास्थ्य क्षेत्रलाई विश्वासिलो बनाउन पुनःसंरचना आवश्यक रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डा भगवान कोइरालाको अगुवाइमा बन्न लागेको बाल अस्पताललाई शर्माले गरे २० लाख सहयोग

    काठमाडौँ । प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा सुनील शर्माले वरिष्ठ मुटुरोग

अब दमौली अस्पतालमा १२ घण्टा ओपिडी सेवा

तनहुँ । तनहुँको सदरमुकामस्थित दमौली अस्पतालले बिहीबारदेखि बहिरङ्ग (ओपिडी) सेवा १२ घण्टा सञ्चालन

सेवाग्राहीको विश्वास जित्दै जनस्वास्थ्य प्रयोगशाला

    काठमाडौँ । काठमाडौंको टेकुस्थित स्वास्थ्य सेवा विभाग परिसरमा रहेको राष्ट्रिय जनस्वास्थ्य

वैशाख ६ र ७ मा बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

  काठमाडौँ ।  सरकारले यही वैशाख ६ र ७ गते बालबालिकालाई ‘राष्ट्रिय भिटामिन