धुलिखेल अस्पताललाई शवपरीक्षण अनुमति



बनेपा । धुलिखेल सामुदायिक अस्पतालले पनि शवपरीक्षण सेवा सञ्चालन गर्ने अुनमति प्राप्त गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सो अस्पताललाई यही माघ १ गते अनुमति दिएको जनाइएको छ । काभ्रेमा शिर मेमोरियल अस्पतालले शवपरीक्षण सेवा प्रदान गर्दै आएको छ ।
आइतबार अस्पतालले सेवा सञ्चालन गर्न आवश्यक तयारीमा जिल्लास्थित प्रशासन, प्रहरी र अदालतका प्रमुखहरुसँग परामर्श गर्यो । अस्पतालका डा राजकुमार कार्कीका अनुसार अस्पतालले सो सेवा सञ्चालन गर्न २०७१ सालबाट छलफल चलाएको थियो । यसका लागि आवश्यक संरचना निर्माण तथा जनशक्ति व्यवस्थाभएपछि मन्त्रालयले अनुमति दिएको जनाइएको छ ।

मेडिको लिगल सेवाले कसुरको अनुसन्धान, अभियोजन वा न्यायिक कार्वाहीको सिलसिलामा कानूनी प्रयोजनका लागि गरिने चिकित्सकीय जाँच, परीक्षण वा सोसम्बन्धी कार्य जनाउने छ । साथै उमेर प्रमाणीकरण, कुटपिट, जबर्जस्ती करणी, मानसिक अवस्थाको परीक्षण, यातना, शवपरीक्षण मृत्युको कारण र अन्य कुनै घटनाको सम्बन्धमा प्रचलित कानूनबमोजिम गरिने चिकित्सकीय जाँचलगायत पर्दछ । सो सेवा प्रदान गर्न अस्पतालमा तीन विशेषज्ञहरु रहेको र चौबिसै घण्टा सेवा सञ्चालनमा रहने जनाइएको छ ।

अस्पतालका प्रशासक प्रद्युम्न श्रेष्ठले अस्पतालले वाग्मती प्रदेशका साथमा प्रदेश नं १ को सोलुखुम्ब, खोटाङ र ओखलढुङ्गा सेवा क्षेत्रभित्र रहनेगरी मान्यता पाएको जानकारी दिए ।
काठमाडौँ विश्वविद्यालयका उपकुलपति डा रामकण्ठ माकजु श्रेष्ठले धुलिखेल अस्पतालजस्तो अस्पताल देशका विभिन्न ठाउँमा सञ्चालन हुन आवश्यक रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘रैथाने गाईको पञ्चगव्यमा आधारित उत्पादन’

काठमाडौं । नेपाली रैथाने गाई संरक्षणका लागि पञ्चगव्यमा आधारित औषधिजन्य प्राकृतिक उत्पादन गर्न

देशका आठ संघीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार गरिने

काठमाडौँ । आठ सङ्घीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार गरिने भएको

मौसमी महामारीको जोखिम र बच्ने उपाय

-डा. शेरबहादुर पुन ‘यो वर्ष कुन सङ्क्रमण प्रकोप/महामारीका रुपमा देखिएला ?’ यो प्रश्नको

गण्डकीका १२ ‘स्याटेलाइट’ अस्पतालमा विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना विकास

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा र विश्व स्वास्थ्य सङ्गठन, ‘द प्याण्डामिक फण्ड’को