सरुवा रोग नियन्त्रणका लागि तीन सय श्ययाको छुट्टै अस्पताल निर्माण गर्ने सरकारको निर्णय
काठमाडौं । सरकारले सरुवा रोगको नियन्त्रणका लागि छुट्टै अस्पताल बनाउने निर्णय गरेको छ । यही माघ २० गते बसेको मन्त्रिपरिषद् बैठकले सङ्घीय सरकारको मातहत रहने गरी ३०० श्ययाको राष्ट्रिय सरुवा रोग अस्पताल निर्माण गर्न सैद्धान्तिक सहमति दिएको सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले जानकारी दिए ।
नेपालमा सरुवा रोगको प्रकोप फैलिएमा उपचार गर्ने छुट्टै अस्पताल छैन । सरकारले तत्कालका लागि टेकुस्थित शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालमार्फत गम्भीर प्रकारका सङ्क्रामक रोगको उपचार गर्दै आएको छ । टेकु अस्पताल जम्मा ६० श्ययाको छ ।