धूमपानले फोक्सोमा पुर्‍याएको क्षति निको पार्ने चमत्कारी क्षमता



हाम्रो फोक्सोमा धूम्रपानका कारण पुगेको क्षति आफै निको पार्ने चमत्कारी क्षमता हुने वैज्ञानिकहरूले पत्ता लगाएका छन्।

तर फोक्सोको चमत्कारी काम धूम्रपान त्यागेपछि मात्रै सम्भव हुने उनीहरूले बताएका छन्। यसअघि फोक्सोमा क्यान्सर गराउने क्षति स्थायी प्रकृतिको हुने सोचिएको थियो।

तर नयाँ अध्ययनले क्षति नपुगेको कोषहरूले क्षतिग्रस्त कोषहरूलाई निको पार्न सहयोग गर्ने पाइएको छ। नेचर जर्नलमा प्रकाशित शोधका अनुसार फोक्सोसँग धूम्रपानका कारण भएका आनुवंशिक क्षति निको पार्ने जादुमयी क्षमता हुन्छन् जुन धूम्रपान त्यागेमा सम्भव हुन्छ।

क्षति नभएका फोक्सोका थोरै कोषहरूले फोक्सोका क्षतिग्रस्त कोषहरूलाई निको हुन सघाउने त्यो अध्ययनबाट थाहा भएको छ। चालिस वर्षसम्म दैनिक २० खिल्ली चुरोट पिउने व्यक्तिहरूमा समेत यस्तो सकारात्मक प्रभाव देखिएको छ।

अनुसन्धानकर्ताहरूले धूम्रपान त्याग्दैमा फोक्सोको क्यान्सरसँग सम्बन्धित सबै खतरा भने नटर्ने बताएका छन्। स्याङ्गर इन्स्टीच्यूटका विज्ञ चिकित्सक पिटर क्याम्पबेलले बीबीसीसँग भने, “हामीले यस्तो नतिजा आउँछ भनेर विश्वासै गरेका थिएनौँ।”

सुर्तीमा भएका हजारौँ रसायनले हाम्रो फोक्सोमा भएका आनुवंशिक गुण बोक्ने डीएनएलाई बिगारिदिन्छन्। फलस्वरूप ती स्वस्थ कोषबाट क्यान्सरजन्य कोष बन्न थाल्छन्।

अनुसन्धानकर्ताहरूले फोक्सोका कति प्रतिशत कोष पुरानै रूपमा फर्कन सक्छन् भनेर आकलन गर्न बाँकी नै छ। ब्रिटेनमा हरेक वर्ष ४७ हजार मानिसमा फोक्सोको क्यान्सर हुने गरेको छ। तीमध्ये झन्डै तीन चौथाइ धूम्रपानका कारण हुने गरेका छन्।

बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सातै प्रदेशमा पुग्यो एचपिभी खोप

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले किशोरीलाई लगाइने पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘ह्युमन

रौतहटमा आयोजित आँखा शिविरमा पाँच सय ३१ जनाको निःशुल्क शल्यक्रिया

  चन्द्रपुर (रौतहट) । नेपाली सेनाको सहयोगमा रौतहटका विपन्न तथा गरिब परिवारका पाँच

प्रधानमन्त्री ओलीद्वारा स्वास्थ्य विज्ञान प्रतिष्ठानको भवन उद्घाटन

गण्डकी । प्रधानमन्त्री केपी शर्मा ओलीले कास्कीस्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राज्ञिक तथा

‘ह्युमन मेटाप्न्यूमो भाइरस’बारे अध्ययन गरिने

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ह्युमन मेटाप्न्यूमो भाइरस (एचएमपिभी) बारे अध्ययन गर्ने