महानगरको सहयोगमा गङ्गालाल हृदयरोग केन्द्रमा अक्सिजन प्लान्ट स्थापना गरिने



काठमाडौं । काठमाडौँ महानगरपालिकाले गङ्गालाल हृदयरोग केन्द्रमा उपचार गर्न आउने बिरामीको लागि निःशुल्क अक्सिजन उपलब्ध गर्न अक्सिजन प्लान्ट स्थापना गर्ने भएको छ ।

केन्द्रको २४ औँ स्थापना दिवस तथा शहीद सप्ताहको कार्यक्रम पारेर कामपाका प्रमुख विद्यासुन्दर शाक्य र केन्द्रका कार्यकारी निर्देशक डा चन्द्रमणि अधिकारीले उपप्रधानमन्त्री ईश्वर पोखरेल र प्रदेशसभा सदस्य दीपक निरौलाको रोहबरमा सोसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौताबमोजिम केन्द्रले प्लान्ट र यससम्बन्धी उपकरण खरीद खुला प्रतिस्पर्धाबाट गर्नुपर्नेछ । यसरी गरिएको बोलपत्रबाट छनोट भएको प्रस्तावकले कबोल गरेको रकम बराबरको पैसा महानगरले केन्द्रको बैंक खातामा पठाइदिनेछ ।

प्लान्टको निरन्तर सञ्चालनका लागि पूर्वाधार तयार पार्ने, जनशक्ति खटाउने, विद्युत् प्रणाली जडान गर्ने, जनशक्ति खटाउने तथा मर्मतसम्भार गर्ने जिम्मेवारी केन्द्रको हुनेछ । कामपाले केन्द्रमा अक्सिजन प्लान्ट स्थापना गर्नका लागि चालु आर्थिक वर्षमा तीन करोड बजेट छुट्याएको छ ।

सो अवसरमा रक्षामन्त्री पोखरेलले स्वास्थ्य संस्थाको सहयोगमा नागरिकलाई सहज स्वास्थ्य सेवा पु¥याउन गरिएको कामको सराहना गरे । कामपाका प्रमुख शाक्यले रोगको उपचारका लागि मात्र नभई रोग लाग्नै नदिनका लागि पनि कार्यक्रम अघि बढ्ने बताउँदै नागरिकको दैनिक समस्यासँग जोडिने हरेक ठाउँमा सक्ने सहयोग गर्न महानगर सदैव तयार रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रभावकारी सेवा प्रदान गर्दै पोखराको सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र

गण्डकी । पूर्वाधार र व्यवस्थापन अभावमा लामो समयदेखि अस्तव्यस्त बनेको पोखराको सहरी स्वास्थ्य

प्रदेश अस्पतालमा सर्जिकल र रेडियोलोजी सेवा सुरु

लमजुङ । प्रदेश अस्पताल बेँसीसहरमा सर्जिकल इन्टेन्सिभ केयर युनिट (कक्ष) तथा रेडियोलोजी सेवा

सुलभ फार्मेसीअन्तर्गतका औषधिका प्रकार र मात्रा अध्ययन गरिने

काठमाडौं । काठमाडौं महानगरपालिकाले सुलभ फार्मेसीअन्तर्गत बिक्री गरिने औषधिका प्रकार र मात्रा अध्ययन

चीनद्वारा निजामती अस्पताललाई दुई करोड मूल्य बराबरको उपकरण हस्तान्तरण

काठमाडौं । चीन सरकारले निजामती कर्मचारी अस्पताललाई ‘लाइफ–लाइन एक्सप्रेस हङ्कङ फाउण्डेशन’मार्फत करिब दुई