थपिए तीन हजार नयाँ कुष्ठरोगी



काठमाडौं । आर्थिक वर्ष २०७५/०७६ मा ३ हजार २८२ जना नयाँ कुष्ठरोगका विरामी फेला परेका छन् । अघिल्लो आर्थिक वर्षको तुलनामा यो ३३ ले बढी हो । आर्थिक वर्ष २०७४/०७५ मा ३ हजार २४९ जनामा कुष्ठरोगको संक्रमण रहेको पत्तालागेको थियो । अपाङ्ग तथा कुष्ठरोग नियन्त्रण केन्द्रका अनुसार अहिले उपचारमा २ हजार ९२१ जना संलग्न रहेका छन् ।

नयाँ मध्ये १४ वर्षमूनिका २६० जना विरामी छन् । नयाँ विरामी मध्ये ११ सय ४२ जना महिला रहेका छन् । केन्द्रका प्रमुख डा. उत्तम घिमिरेका अनुसार नयाँ विरामीको तह २ असमर्थता भएको विरामीको संख्या १५६ रहेको छ । केन्द्रका अनुसार तराई लगायतविभिन्न १७ जिल्लामा कुष्ठरोगको प्रकोपदर १ भन्दा बढी रहेको छ ।

अहिलेसम्म कुष्ठरोगको कारणबाट ३१ हजारभन्दा बढी अपांग भएको अनुमान केन्द्रले गरेको छ । नेपालमा वि.स. २०६६ साल माघ ५ गते राष्ट्रियस्तरमा कुष्ठरोग निवारणको घोषणा गरिएको भएपनि १७ जिल्लामा कुष्ठरोगका निवारण हुन सकेको छैन ।

६७ औं विश्व कुष्ठरोग दिवसका अवसरमा आयोजित कार्यक्रममा केन्द्रले सन् २०२० को अन्त्यसम्म सबै जिल्लामा कुष्ठरोगको प्रकोपदर प्रति १ हजार जनसंख्यामा १ भन्दा कम गर्ने लक्ष्य लिएको जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कोल्डड्रिङ्क्सको सट्टा कागती पानी 

डा अरुणा उप्रेती । गर्मीयाम सुरु भएसँगै तीर्खा मेट्नका लागि विभिन्न चिसो पेय

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १२ सयको मिर्गौला प्रत्यारोपण

  भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा एक हजार

महाकाली अस्पतालमा रेबिजविरुद्धको खोप अभाव

    दोधारा चाँदनी (कञ्चनपुर)  । महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा रेबिजविरुद्धको खोप अभाव

९ महिनामा गेटा आँखा अस्पतालमा १७ हजारको आँखाको शल्यक्रिया

अत्तरिया । कैलालीको गोदावरी नगरपालिका–५ गेटास्थित गेटा आँखा अस्पतालले नौ महिनामा १७ हजारभन्दा