थपिए तीन हजार नयाँ कुष्ठरोगी



काठमाडौं । आर्थिक वर्ष २०७५/०७६ मा ३ हजार २८२ जना नयाँ कुष्ठरोगका विरामी फेला परेका छन् । अघिल्लो आर्थिक वर्षको तुलनामा यो ३३ ले बढी हो । आर्थिक वर्ष २०७४/०७५ मा ३ हजार २४९ जनामा कुष्ठरोगको संक्रमण रहेको पत्तालागेको थियो । अपाङ्ग तथा कुष्ठरोग नियन्त्रण केन्द्रका अनुसार अहिले उपचारमा २ हजार ९२१ जना संलग्न रहेका छन् ।

नयाँ मध्ये १४ वर्षमूनिका २६० जना विरामी छन् । नयाँ विरामी मध्ये ११ सय ४२ जना महिला रहेका छन् । केन्द्रका प्रमुख डा. उत्तम घिमिरेका अनुसार नयाँ विरामीको तह २ असमर्थता भएको विरामीको संख्या १५६ रहेको छ । केन्द्रका अनुसार तराई लगायतविभिन्न १७ जिल्लामा कुष्ठरोगको प्रकोपदर १ भन्दा बढी रहेको छ ।

अहिलेसम्म कुष्ठरोगको कारणबाट ३१ हजारभन्दा बढी अपांग भएको अनुमान केन्द्रले गरेको छ । नेपालमा वि.स. २०६६ साल माघ ५ गते राष्ट्रियस्तरमा कुष्ठरोग निवारणको घोषणा गरिएको भएपनि १७ जिल्लामा कुष्ठरोगका निवारण हुन सकेको छैन ।

६७ औं विश्व कुष्ठरोग दिवसका अवसरमा आयोजित कार्यक्रममा केन्द्रले सन् २०२० को अन्त्यसम्म सबै जिल्लामा कुष्ठरोगको प्रकोपदर प्रति १ हजार जनसंख्यामा १ भन्दा कम गर्ने लक्ष्य लिएको जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
काभ्रेका तीन हजार सात सय ज्येष्ठ नागरिकको स्वास्थ्य बीमा

काभ्रे । काभ्रेको रोशी गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका तीन हजार सात सय ज्येष्ठ

दसैंमा मासु मात्रै खानु स्वास्थ्यका लागि हानिकारक

चितवन । दसैँ पर्वको अवसरमा मासु मात्रै नखान चिकित्सकले सुझाएका छन् । उनीहरुले

स्वास्थ्य मन्त्रालयले दियाे १४ स्थानीय तहका १६ अस्पताललाई पाँच लाख ५० हजार थान सिटामोल

काठमाडाैं ।  डेंगुको संक्रमण बढेपछि सरकारले पाँच लाख ५० हजार थान सिटामोल उपलब्ध

विश्व मुटु दिवस : दैनिक शारीरिक अभ्यास आवश्यक

विराटनगर ।  विश्व मुटु दिवसको उपलक्ष्यमा आज यहाँ प्रभातफेरी एवं सचेतना कार्यक्रमको आयोजना