पुरुषलाई मृत्युपछि शुक्रकीट दान गर्न दिनुपर्ने सुझाव



एउटा अध्ययनले पुरुषलाई मृत्युपछि शुक्रकीट दान गर्न दिनुपर्ने सुझाव दिएको छ। मेडिकल इथिक्स नामक जर्नलमा प्रकाशित अनुसन्धानको निचोडमा मृत्युपछि शुक्रकीट दान गर्ने व्यवस्थालाई नैतिक रूपमा प्रोत्साहन दिई वीर्यको भण्डारण बढाउनुपर्ने उल्लेख गरिएको छ।

सन् २०१७ मा यूकेमा वीर्यदानबाट २,३४५ बच्चा जन्मिएका थिए। तर कडा नियमका कारण यूकेभर भण्डार गरिएको शुक्रकीटको परिमाण घट्दो छ।

मृत्युपछि प्रोस्ट्न्ट ग्रन्थीलाई कृत्रिम ढङ्गले सक्रिय बनाएर वा शल्यक्रिया गरेर शुक्रकीट सङ्कलन गर्न सकिन्छ र त्यसपछि त्यसलाई भण्डारण गर्न सकिन्छ।

प्रमाणहरूले मृत्यु भइसकेका व्यक्तिबाट सङ्कलन गरिएका शुक्रकीटबाट पनि राम्रो ढङ्गले गर्भाधान गराउन सकिने र स्वस्थ सन्तानहरू जन्माउन सकिने देखाएको छ।

मानिसहको मृत्यु भएको ४८ घण्टा भित्र शुक्रकीट सङ्कलन गर्नु पर्छ। लेस्टर विश्वविद्यालयका चिकित्सक नाथन हडसन र म्यानचेस्टर विथेनस्वे अस्पतालका चिकित्सक हुसा पार्करले शुक्रकीट दानलाई अङ्गदानसँग तुलना गरेका छन्।

अरू किसिमको प्रत्यारोपणका लागि अङ्गहरू दान गर्न सकिन्छ भने मृतकबाट लिइने शुक्रकीटलाई पनि बाँझोपन निदानको एउटा उपायका रूपमा हेरिनुपर्ने उनीहरूको तर्क छ। तर यसमा परिवारको सहमति, विशेषाधिकार र दाताको गोपनियताको प्रश्न जोडिने अनुसन्धानकर्ताहरूको मत छ।

सन् २०१४ मा वर्मिङघममा एउटा शुक्रकीट ब्याङ्क स्थापना भएको थियो जसलाई सरकारले ७७ हजार पाउण्ड अनुदान उपलब्ध गराएको थियो। तर स्थापनाको दुई वर्षपछि नै उक्त ब्याङ्कले ढोका बन्द गरेको थियो र दाता खोज्ने काम बन्द गरेको थियो।

गरेको दुई महिनापछि नै स्टेफन ब्लडलाई मेनिनजाइटिस रोग लागेको थियो। त्यसपछि उनी ‘कोमा’ मा गए। तर उनले मृत्युअघि लिखित रूपमा नै आफ्नो शुक्रकीट प्रयोग गर्न अनुमति दिएका थिएनन्।

उनीबाट सङ्कलन गरिएका दुई नमुना डायान ब्लडको अनुरोधमा राखिएको थियो। सन् १९९० मा बाँझोपनसम्बन्धी एउटा कानुनले डायन ब्लडलाई लिखित अनुमति नभएका कारण आफ्ना श्रीमानको शुक्रकीट प्रयोग गर्नबाट प्रतिबन्ध लगाएको थियो।

तर पछि पुनरावेदन अदालतले यूकेभन्दा बाहिर युरोपको जुनसुकै स्थानमा आफ्नो बाँझोपनको उपचार गराउन सक्ने आदेश दिएको थियो।

उनले भण्डारण गरेर राखिएको आफ्नो श्रीमानको शुक्रकीटबाट सन् २००२ मा जोएललाई जन्म दिएकी थिइन्। त्यसको एक वर्षपछि उनले आफ्नो मृत पतिलाई आफ्नो छोराको बाबु भएको स्थापित गराउन मुद्दा जितेकी थिइन्।

बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दुई अर्ब लागतमा मोरङको कटहरीमा दुई सय श्ययाको सामुदायिक अस्पताल सञ्चालनमा

मोरङ । जीवन विकास सामुदायिक अस्पताल एवं प्राविधिक शिक्षा प्रतिष्ठान सञ्चालनमा ल्याइएको छ

नयाँ बनाउनुभन्दा भएकै स्वास्थ्य संस्थाको क्षमता विस्तार गरेर सञ्चालन गर्नुपर्छः स्वास्थ्यमन्त्री पौडेल

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नयाँ अस्पताल निर्माण गर्नुभन्दा भएकै स्वास्थ्य

प्रदेश अस्पताल दमौलीलाई ५० शय्यामा स्तरोन्नति गरिँदै

दमौली । जिल्ला सदरमुकामस्थित प्रदेश अस्पताल दमौलीलाई ५० शय्यामा स्तरोन्नति गर्ने प्रदेश सरकारले

‘आइसीयू’ र ‘सिसीयू’ कक्षमा विद्युत अवरुद्ध भएपछि चिकित्सकले ‘लाइट’ बालेर जोगाए बिरामीको ज्यान

वीरगञ्ज । अस्पतालको अति संवेदनशील स्थान ‘आइसीयू ’ र ‘सिसीयू ’ कक्षमा आकस्मिक