डोटीमा ब्लड बैंक नहुँदा समस्या



डोटी । निजी क्षेत्रबाट सञ्चालित शैलेश्वरी अस्पतालले स्थानीयवासीको निःशुल्क रगत समूह परीक्षण गर्न शुरुवात गरेको छ ।
सिलगढी नगरपालिका–४ पिपल्लामा रहेको यस अस्पतालले रगत अभावलाई अन्त्य गर्न सो अभियानको सञ्चालनमा ल्याइएको अस्पतालले जनाएको छ । रगत अभावका कारण अहिलेसम्म जिल्लामा चार जनाको अकालमा ज्यान गुमाउनु परिसकेको बताइएको छ ।

दिपायल सिलगढी नगरपालिकाका नगरप्रमुख मञ्जु मलासी अभियानको शुभारम्भ गर्दै सबैले रक्तदान गर्न अति जरुरी भएको बताइन् । जिल्ला सदरमुकाम सिलगढीमा तैनाथ रहेको रुद्रध्वज गणले हालसम्म ९७ बिरामीका लागि रक्तदान गरिसकेको निमित्त गणपति सन्तोष ढुङ्गेलले जानकारी दिए । जिल्लामा बिरामीलाई रगतको आवश्यक परे नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको ३६ नं गणले हालसम्म उपलब्ध गराउँदै आएका छन् । रक्तदान कार्यक्रममा ५० जनाले रगत समूह परीक्षण गरेको अस्पतालले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालमा ६० वर्षभन्दा माथिका करिब १० प्रतिशत मानिस अल्जाइमरसँगै डिमेन्सियाबाट प्रभावित

काठमाडौँ । शनिबार विश्व अल्जाइमर दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ

पोखरामा डेङ्गी सङ्क्रमण ६ गुणाले वृद्धि

गण्डकी । कास्कीको पोखरा महानगरपालिकामा गत भदौ पहिलो सातायता डेङ्गी सङ्क्रमण ६ गुणाले

सुनवलमा डेढ करोडको लागतमा बनेको पशु अस्पताल अलपत्र

नवलपरासी  । जिल्लाको सुनवल‐२ रजहवामा  एक करोड ५१ लाखको लागतमा निर्माण गरिएको पशु

अब अस्पताल समयमा चिकित्सकले बाहिर जान नपाउने

चितवन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालमा काम गर्ने समयमा चिकित्सकहरु