कान्ति बाल अस्पतालमा गत आर्थिक वर्षमा दुई लाख भन्दा बढीको उपचार



काठमाडौं । कान्ति बाल अस्पतालले चालु आर्थिक वर्षको पुस महिनासम्म ७० हजार बालबालिकालाई ओपीडी सेवा दिएको जनाएको छ । अस्पतालको ५८ औं वार्षिकोत्सव कार्यक्रममा दिइएको जानकारी अनुसार ओपीडीतर्फ ७० हजार र आकस्मिकतर्फ २७ हजार बालकालिकालाई सेवा दिइएको छ ।

अस्पतालका निर्देशक डाक्टर आर.पी. बिच्छाले गत आर्थिक वर्षमा ओपीडीतर्फ १ लाख ५५ हजार र आकस्मिकतर्फ ५५ हजार बालबालिकालाई सेवा दिइएको जानकारी दिए । हरेक वर्ष १० देखि १२ प्रतिशत सेवाग्राही बढेको उल्लेख गर्दै बिच्छाले गतवर्ष २ हजार बालबालिकाको शल्यक्रिया गरिएको र १० हजारले अन्तरंग सेवा लिएका बताए ।

कान्तिमा आइसियु शैयाको अभावका कारण देशका विभिन्न ठाउँबाट आउने विरामीलाई अन्य पठाउनुपर्ने अवस्था अझै पनि रहेको उनले बताए । विज्ञहरुको सल्लाह अनुसार दुई महिना पहिले १० शैयाको इन्टरमिडियट केयर युनिट स्थापना गरिएपछि करिब ७० प्रतिशत बालकालिकालाई निजी अस्पतालमा रिफर गर्नुपर्ने बाध्यता हटेको उनले बताए ।

कान्ति बाल अस्पतालले अहिले २४ घण्टे सिटिस्क्यान सेवा सुरु गरेको छ, भने २ सिफ्टमा अल्ट्रासाउण्ड सेवा प्रदान गरिरहेको छ । अबको एक वर्षभित्र करिब ५० जना बस्न मिल्ने कुरुवा घर निर्माण गर्ने योजना अस्पतालले बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कर्णालीका हिमाली जिल्लामा देखिन थाल्यो औलो रोग

कर्णाली । कर्णालीका हिमाली जिल्लामा औलो देखिएको छ । सडक सञ्जालले हिमाली जिल्ला

सर्वसाधारणलाई ‘लू’बाट बच्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तातो हावा ‘लू’बाट बच्न सर्वसाधारणलाई आग्रह गरेको

कोल्डड्रिङ्क्सको सट्टा कागती पानी 

डा अरुणा उप्रेती । गर्मीयाम सुरु भएसँगै तीर्खा मेट्नका लागि विभिन्न चिसो पेय

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १२ सयको मिर्गौला प्रत्यारोपण

  भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा एक हजार