नेपाली सेनाले संचालन गरेको स्वास्थ्य शिविरमा ३४ हजारको उपचार



काठमाडौं । नेपाली सेनाले नागरिकसँगको सम्बन्ध विस्तारमा सहयोग पुर्याउने उद्देश्यले स्वास्थ्य सेवा नपुगेका स्थानहरुमा गरेको स्वास्थ्य शिविर उपलब्धिमूलक भएको जनाएको छ ।

आइतबार पत्रकार सम्मेलन गरी सेनाले मंसिर २७ देखि पुष ६ गतेसम्म महोत्तरीको सोनमा गाउँपालिकामा पनि स्वास्थ्य शिविर सञ्चालन गरेको जनाएको छ ।

पत्रकार सम्मेलनमा नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले शिविरमा गरी ३४ हजार १ सय ७२ जनाको स्वास्थ्य उपचार गरिएको र ३ सय ३९ जनाको शल्यकृया गरिएको जानकारी दिए । स्वास्थ्य शिविरमा १ सय ८० जना विषेशज्ञ चिकित्सकहरु र १ सय १० जना अन्य स्वास्थ्यकर्मीहरुले सेवा दिएको उनले बताए ।

नेपाली सेनाले स्वास्थ्य मन्त्रालय, प्रदेश सरकार र स्थानीय तहसँगको सहकार्यमा स्वास्थ्य सेवा नपुगेका ठाउँहरुमा शिविर मार्फत स्वास्थ्य सेवा दिदै आएको जनाएको छ ।

जस अनुसार २०७४ सालमा १ सय ३३ स्थानमा, २०७५ मा २ सय ६४ स्थानमा र २०७६ को अहिलेसम्म ८३ स्थानमा स्वास्थ्य शिविर सञ्चालन गरेको सेनाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कोभिड सङ्क्रमण शून्यमा झर्यो

  काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण शून्यमा झरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या

७५३ वटै स्थानीय तह र देशका सबै अस्पताललाई दश प्रतिशत बिरामीको निःशुल्क उपचार गराउन मन्त्रालयको निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सात सय ५३ वटै स्थानीय तह र

कर्णाली प्रदेशमा शिशु मृत्युदर छ दशमलव चार प्रतिशत

कर्णाली । राष्ट्रिय जनगणना २०७८ का अनुसार कर्णाली प्रदेशमा शिशु मृत्युदर छ दशमलव

ग्रान्डी अस्पतालद्वारा सात हजार बिरामीलाई आइसियु सेवा

  काठमाडौं । ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल, धापासीले सात हजार एक सय ५६ बिरामीलाई