पूर्वाञ्चल क्यान्सर अस्पतालको सेवा सुरु



झापा । पूर्वी नेपालको विर्तामोडमा नेपालकै अत्याधुनिक क्यान्सर अस्पताल सुरु भएको छ । विर्तामोडमा सञ्चालनमा रहेको प्रस्तावित बीएण्डसी मेडिकल कलेज तथा शिक्षण अस्पतालको व्यवस्थापनले करिब ४ अर्ब लगानीमा पूर्वाञ्चल क्यान्सर अस्पताल सुरु गरेको हो ।

अस्पतालले बुधवार पत्रकार सम्मेलनको आयोजना गरि सेवा सुरु गरेको हो । यसअघि नै क्यानसरमा निजी क्षेत्रबाट विशिष्टिकृत दुईवटा अस्पताल राजधानीमा सुरु गरिएपनि पूर्णरुपमा क्यान्सर उपचारको सुविधान विस्तार गर्न सकेका थिएनन् ।

पूर्वाञ्चल क्यान्सर अस्प्तालले भने आवश्यक सबै उपकरणको व्यवस्था गर्दै निदान र उपचार सेवाको सुरुवात गरेको हो । यो सँगै पूर्वाञ्चल क्यान्सर अस्पताल आफ्नै पेटस्क्यान मेशिन भएको पहिलो क्यान्सर अस्पताल बनेको छ । अस्पतालमा पेट सिटीका अलावा ट्रुबिम लिनियर एसिलेटर, गामा क्यामेरा, फोरडी सिटी सिमुलेटर, थ्रिडी मेमोग्राम, ब्रेन ल्याव न्यूरो न्याभिगेशन, क्याथ ल्याव, डेक्सा स्क्यान लगायत अत्याधुनिक उपकरणहरु मार्फत निदान र उपचार सुरु गरेको अस्पतालका मेडिकल डाइरेक्टर एवं क्यान्सर रोग विशेषज्ञ डा. वीरेन्द्र यादवले जानकारी दिए ।

उनले भने, ‘हामीले पछिल्ला उपकरणहरु सहित सेवा सुरु गरेका छौं । हाम्रो सपना आज वास्तविकतामा परिणत भएको छ । यो अस्पतालले अब पूर्वी नेपालमात्र नभई पुरै नेपाल र विदेशका बिरामीलाई समेत उपचार सेवा दिन्छ । नेपालबाट उपचारका लागि भारत जाने ७० प्रतिशतभन्दा बढि बिरामीलाई हामी रोक्छौं । अस्पतालले मुस्कुराउँछ नयाँ जीवन भन्ने नारासहित अस्पतालको सेवा सुरु गरेको छ ।’

अस्पताल शुभारम्भ कार्यक्रममा बोल्दै अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले आफ्नो एउटा सपना पुरा भएको भन्दै खुशी व्यक्त गरे । आफै समेत क्यान्सरको बिरामी रहेका प्रसाईंले आफुले क्यान्सर उपचार गराउन जाँदा विदेशमा दुःख पाएका नेपालीहरु देखेदेखि नै अस्पताल खोेल्ने प्रेरणा मिलेको बताए । प्रसाईं आफैपनि जिब्रोको क्यान्सर शल्यक्रिया पश्चात स्वास्थ्यलाभ गरिरहेका छन् ।

उनले मेदान्त, राजीव गान्धी लगायत भारतका क्यान्सर अस्पतालमा थुप्रै नेपाली उपचारका लागि जाने गरेको भन्दै अब त्यो भन्दा धेरै सुलभ दरमा देशभित्रै उपचार सम्भव भएको बताए । उनले भने, मैले क्यान्सर उपचारका लागि विदेशिएका नेपालीहरुको दुःख देखेको छु । त्यसैले यो अस्पताल खोल्ने प्रण गरें । सबैको सद्भावले आज यो सम्भव भएको छ । आफुलाई माफिया भनेर टिप्पणी गर्ने गरिएकोमा दुःख व्यत्त गर्दै उनले थपे, ‘मैले यो ऋण गरेर अस्पताल बनाएको छु । सयौं मान्छेलाई रोजगारी दिएको छु । राज्यलाई करौडौं कर तिरेको छु । म कसरी माफिया भएँ रु यो जनताको पैसाबाट जनताले नै उपचार गर्ने थलो हो । यति ठूलो लगानीको जोखिम लिएर मैले यो अभियान सुरु गरेको छु । यो सुदूरपूर्वले थालेको अभियान हो । राजधानीमा समेत नभएको सेवा यहाँ सुरु भएको छ । यो गौरवको विषय हो ।’

फरक प्रसंगमा उनले सबै पूर्वाधार र प्रकृया पुग्दापनि बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन नदिएर अरबौं लगानी जोखिममा पारिएको भन्दै चिन्ता व्यक्त गरे ।

अस्पताल शुभारम्भ कार्यक्रममा बोल्दै झापाका प्रहरी प्रमुख प्रहरी उपरिक्षक कृष्ण कोइरालाले झापामै अत्याधुनिक अस्पताल बन्दा सडक दुर्घटनामा परेकाहरुलाई भारत लैजानुपर्ने बाध्यता अन्त्य हुनुका साथै गुणस्तरीय आकस्मिक उपचारको व्यवस्था भएको भन्दै अस्पताललाई शुभकामना दिए । कार्यक्रममा स्त्री क्यान्सर रोग विशेषज्ञ प्राडा गेहनाथ बरालले नेपालमा रहेका सबै अस्पतालमा क्यान्सरको पूर्ण उपचार सम्भव नभएको भन्दै पूर्वाञ्चलले त्यो सुरु गरेर आशा जगाएको प्रतिक्रिया दिए ।

त्यस्तै अस्पतालकै हाडजोर्नी तथा भास्कुलर शल्यचिकित्सक डा। निराजन पराजुलीले पूर्वाञ्चलले एउटा इतिहास लेखेको र यो इतिहास भावी पुस्ताले अध्ययन गर्ने दावी गरे । पूर्वाञ्चलमा यो स्तरको सेवा सुरु भएसँगै विदेशिन बिरामीहरुको दर ८० देखि ९० प्रतिशत सम्म घटेको बताए । अस्पताल ३ सय शैयाको रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लक्षित वर्गको उपचारमा शय्या नछुट्याउने अस्पताललाई कारबाही गर्ने महानगरको तयारी

  काठमाडौं । काठमाडौँ महानगरपालिकाले लक्षित वर्गको उपचारका लागि १० प्रतिशत शय्या नछुट्याउने

सिकलसेल र थालसेमियाबारे जानकारी गराउँदै स्थानीय सरकार

  नेपालगंज । बाँकेको कोहलपुर नगरपालिकाले बंशाणुगत रोगका रूपमा रहेको सिकलसेल एनिमिया र

रोगको उपचार र रोकथामका नयाँ उपाय पत्ता लगाउन मस्तिष्क र शरीरको स्क्यान

मानव शरीरको इमेज स्क्यान गर्ने विश्वकै सबभन्दा ठूलो परियोजनाअन्तर्गत बेलायतमा ६० हजार स्वयंसेवीहरूको

भोजपुर अस्पतालसहितका स्वास्थ्य संस्थालाई ४० लाख बराबरको सामग्री हस्तान्तरण

भोजपुर । नागरिकको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन जिल्ला अस्पताल भोजपुरका साथै अन्य चार