सेनिटरी प्याड वितरणका लागि ल्याइएको बजेट अन्यत्र प्रयोग नगर्न शिक्षामन्त्रीको आग्रह



काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सेनिटरी प्याड वितरणका लागि ल्याइएको बजेट अन्यत्र प्रयोग नगर्न आग्रह गरेका छन् ।

सामुदायिक विद्यालयहरुका छात्राहरुलाई निः शुल्क सेनिटरी प्याड वितरण कार्यक्रमको सुभारम्भ गर्दै शिक्षामन्त्री पोखरेलले यो वा त्यो बाहनामा बजेट अन्यत्र प्रयोग हुन नदिन स्थानीय तहहरुलाई आग्रह गरेका हुन् ।

सेनिटरी प्याडको अभावमा छात्राहरुको पढाइमा कुनै समस्या हुन नदिन आवश्यक व्यवस्था मिलाउन पनि उनले आग्रह गरे । ‘सेनेटरी प्याडकै कारणले छात्राहरुको पढाई छुट्यो भन्ने कुरा सुन्नु नपरोस् । हर हालतमा गुणात्मक शिक्षाको प्रत्याभूति गर्नैपर्छ त्यसकै लागि राज्यले यो कार्यक्रम ल्याएको हो’, उनले भने ।

नेपालका सबै सामुदायिक विद्यालयहरुमा अध्ययनरत छात्राहरुलाई निःशुल्क सेनिटरी प्याड वितरण कार्यक्रमको सोमबारबाट शुभारम्भ गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डा भगवान कोइरालाको अगुवाइमा बन्न लागेको बाल अस्पताललाई शर्माले गरे २० लाख सहयोग

    काठमाडौँ । प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा सुनील शर्माले वरिष्ठ मुटुरोग

अब दमौली अस्पतालमा १२ घण्टा ओपिडी सेवा

तनहुँ । तनहुँको सदरमुकामस्थित दमौली अस्पतालले बिहीबारदेखि बहिरङ्ग (ओपिडी) सेवा १२ घण्टा सञ्चालन

सेवाग्राहीको विश्वास जित्दै जनस्वास्थ्य प्रयोगशाला

    काठमाडौँ । काठमाडौंको टेकुस्थित स्वास्थ्य सेवा विभाग परिसरमा रहेको राष्ट्रिय जनस्वास्थ्य

वैशाख ६ र ७ मा बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

  काठमाडौँ ।  सरकारले यही वैशाख ६ र ७ गते बालबालिकालाई ‘राष्ट्रिय भिटामिन