अब मोबाइल एपबाटै औषधिबारे जानकारी



काठमाडौ । नेपालमा प्रयोग हुने अत्यावश्यक औषधिको जानकारी अब मोबाइल एपबाटै लिन सकिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र औषधि व्यवस्था विभागले सूचीकृत ३ सय ९२ प्रकारका औषधिबारे जानकारी दिन ‘नेप्लिज नेसनल फमुलरी’ एप आइतबार सार्वजनिक गरेको हो ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले एपबारे जानकारी, कसरी हेर्ने, प्रयोग गर्ने भन्नेबारे गाउँगाउँमा रहेर काम गरिरहेका स्वास्थ्यकर्मीलाई तालिम दिनु आवश्यक भएको बताए ।

विभागका महानिर्देशक पानबहादुर क्षेत्रीले एप डाउनलोड गरी प्रयोगकर्ताले औषधिको प्रयोग गर्न सकिने अवस्था, त्यसबाट हुने असर, साइड इफेक्ट, सावधानी आदिबारे जानकारी लिन सकिने र ठगिनबाट जोगिने बताए । एपले नेपालमा प्रयोग हुने सबै अत्यावश्यक औषधि, त्यसको उपलब्धताबारे जानकारी लिन सकिने उनको भनाइ थियो ।

केही प्राविधिक कारणले ढिलाइ भएको २ जनावरीभित्रमा एप पूर्ण रूपमा सञ्चालन हुने उनले जानकारी दिए । विभागले एप विशेषगरी चिकित्सक र फार्मेसिस्टका लागि सहयोगी हुने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
थप १२ जनामा कोभिड संक्रमण, १३ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १२ जनामा कोभिड संक्रमण पुष्टि भएको छ

२१ जनामा कोरोना सङ्क्रमण

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि

दुरुह भो जटिल रोगको उपचारः विशिष्टिकृत सेवाको दरबन्दी नै छैन

सरकारले विशिष्टीकृत सेवाका चिकित्सकको दरबन्दी नखुलाउँदा अधिकांश चिकित्सक विदेशिन वा निजी अस्पतालमा काम

थप पाँच जनालाई कोरोना सङ्क्रमण

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप पाँच जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि