बाल सचेतना केन्द्रले पुस २६ मा बौद्धमा निःशुल्क स्वास्थ्य शिविर संचालन गर्ने



काठमाडौं । मन बचन र कर्मले दीन दुः खीको सेवा गरौं, स्वास्थ्य शिविर कार्यक्रममा सहभागी बनौं , भ्रमण वर्ष २०२० सफल पारौं भन्ने उद्देश्यका साथ बाल सचेतना केन्द्र नेपालले बृहत निः शुल्क स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ ।

शिविर काठमाडौं महानगरपालिका ६ बौद्धमा .सञ्चालन हुने भएको छ । सन् २०२० लाई सरकारले भ्रमण वर्ष घोषणा गर्दै २० लाख पर्यटक भित्राउने मूल उद्देश्य राखेर मनाउन लागिएको ‘भिजिट नेपाल’का लागि देशभर यसको तयारी भईरहेको छ ।

यसमध्य बालसचेतना केन्द्र नेपालले पनि भ्रमण वर्षलाई नै लक्षित गर्दै शिविर आयोजना गरेका संस्थाका केन्द्रिय अध्यक्ष बाबुराम फुयाँलले बताए । बौद्धनाथ क्षेत्र विकास समितिको संयोजकमा हुने कार्यक्रममा नेपाल भारत मैत्री हस्पिटलले भिडियो एक्सरे तथा ल्यावसहितको सेवा दिने आयोजकले बताएका छन् ।

शिविर बौद्ध स्तुपा परिसरमा बिहान ९ बजेदेखि शुरु गरिने आयोजकले जनाएको छ । शिविरमा जनरल फिजिसियन, नसा तथा बाथ रोग, बाल रोग,नाक, कान घाँटी, स्त्री रोग, सुगर तथा प्रेसर लगायतका विविध रोगको उपचार गरिने बताइएको छ ।

आधारभूत तथा जटिल प्रकृतिका स्वास्थ्य सेवाबाट वञ्चित वृद्ध, बालबालिका तथा विपन्न वर्गका व्क्तिहरुलाई लक्षित गर्दै पौष २६ गते शनिबार उक्त कार्यक्रम गर्न लागिएको आयोजकले जनाएको छ ।

शिविरबाट राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय क्षेत्रबाट पाल्नुहुने पर्यटक पाहुना लगायत स्थानिय स्तरका गरिव, असहाय, विपन्न, जेष्ठ नागरिहरु लाभान्वित हुने आयोजकको विश्वास रहेको छ । स्वास्थ्य शिविरमा सहभागी भएर निःशुल्क स्वास्थ्य लाभ लिन अध्यक्ष फुयालले क्रियाशील सबै स्थानिय संघसंस्था, त्यसका पदाधिकारीहरु,बुद्धिजिवी, समाजसेवी, सर्वसाधारण तथा पत्रकारहरुलाई आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अनलाइन फार्मेसी सञ्चालन नगर्न विभागको निर्देशन

काठमाडौँ । औषधि व्यवस्था विभागले अनलाइन फार्मेसी सञ्चालन नगर्न निर्देशन दिएको छ ।

विश्व स्वास्थ्य संगठनले बालबालिकामा हुने क्यान्सरको उपचारका लागि निःशुल्क औषधि उपलब्ध गराउने

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) तथा सेन्ट

बालबालिकालाई इनर्जी ड्रिंक मात्र होइन, सफ्ट  ड्रिंक पनि स्वास्थ्यका दृष्टिले राम्रा छैनन्

डा अरुणा उप्रेती । मिठाइ धेरैलाई मन पर्ने खाद्यवस्तु हो । मिठाइ उत्सव,

हुम्लामा ८२ प्रतिशत बालबालिकाले लगाए दादुरा–रुबेलाविरुद्धको खोप

सिमकोट । हुम्लामा ८२ प्रतिशत बालबालिकाले दादुरा–रुबेलाविरुद्धको खोप लगाएका छन् । सातवटा स्थानीय