पुस १६ गतेदेखि सेवा सुरु गर्ने पूर्वाञ्चल क्यान्सर अस्पतालको तयारी



झापा । पूर्वाञ्चल क्यान्सर अस्पतालले यही पुस १६ गतेदेखि आफ्नो सेवा शुरु गर्ने भएको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा अस्पतालका सञ्चालक दुर्गा प्रसाईले तीन सय श्ययाको अस्पतालले नेपाल भ्रमण वर्ष २०२० को पहिलो दिनदेखि रेडियो थेरापी सेवा प्रारम्भ हुने जानकारी दिए ।

‘सरकारले भ्रमण बर्ष २०२० मनाउँदैछ, हामी मेडिकल पर्यटनको रुपमा भ्रमणबर्ष मनाउने योजनामा छौं, प्रसाईले भने–‘विदेशी मुद्रा नेपाल ल्याउनका लागि यति जोखिम मोलेका हौं ।’ प्रसाईले क्यान्सर अस्पताल निर्माणमा ४ अर्ब लगानी गरेको बताए ।

‘क्यान्सर अस्पताल फागुन १८ गतेदेखि पूर्ण रुपमा सञ्चालनमा आउने छ’ प्रसाईले भने ‘त्यसभन्दा अघि हामी उपचार शुरु गछौं ।’ विश्वकै आधुनिक उपकरण जडान गरिएको अस्पताल एक विगाहा क्षेत्रफलमा फैलिएको छ । तीन सय शैयाको स्वीकृति पाएको अस्पताल पूर्ण रुपमा सञ्चालनमा आएपछि प्रत्यक्ष रुपमा ९ सयजनाले रोजगारी पाउने कार्यकारी निर्देशक प्रसाईले बताएका छन् ।

अस्पतालका मेडिकल डाइरेक्टर डा. वीरेन्द्र यादवले सञ्चालनमा नआउँदै ४५ जना बिरामीले उपचारका लागि नाम दर्ता गराएको जानकारी दिए । यो संख्या उच्च हो, यादबले भने–‘हामी सबै प्रकारका बिरामीलाई सुलभ खर्चमा उपचार गर्ने वाताबरण मिलाउँछौं ।’

पुस १६ गते गोलाप्रथा मार्फत एकजनालाई निःशुल्क रेडिएसन दिएर सेवा सञ्चालनमा ल्याइने यादवले बताए । उनले यस प्रकारको उपचारका लागि सिङ्गापुर, भारतको दिल्ली जापानलगायतका देशमा जानु पर्ने बाध्यता अस्पताल सञ्चालनमा आएपछि हट्ने बताए । अस्पतालमा जुनसुकै क्यान्सरका रोगीका लागि उपकरणसहितको सेवा उपलब्ध रहने डा.यादवले जानकारी दिए ।

अस्पतालले एक मिनेटभित्र रेडिएसन दिने उपकरण भित्राएको जनाएको छ । क्यान्सर रोगको जाँचका लागि पेट सिटी स्क्यान, एमआरआई थ्री टेस्ला, फोर डी सिटी सिमुलेटर, महिलाको ब्रेष्ट क्यान्सर पत्ता लगाउने मामोग्राम, ब्रेन ल्याव न्युरो नेभिगेसन, मुटु तथा ब्रेनको लागि क्याथ ल्याव, केमो मिक्सिङ उपकरण, ब्रोन्कोस्कोपी लगायतका आधुनिक उपकरण जडान कार्य अन्तिम चरणमा पुगेको अस्पतालले जनाएको छ ।

अस्पतालले ५ वटा मोडुलर अपरेसन थिएटर निर्माण गरेको समेत जनाएको छ । पुर्वाञ्चल क्यान्सर अस्पताल दक्षिण पुर्वी एशियाका लागि स्थापना भएको सञ्चालकले बताएका छन् । विसं २०७१ फागुन १८ गते विर्तामोडमा बिएन्डसी अस्पतालले सेवा शुरु गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एकसय दिनमा ४८ जना गर्भवती र सुत्केरीको हवाइ उद्धार

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले एक सय दिनमा दुर्गम क्षेत्रका

मंसिर १ गतेबाट १४ वर्ष मुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क, तीन अस्पतालबाट पाइन्छ यो सेवा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार

ग्यास र तेलको मूल्य बढ्यो भनेर औषधिको पनि बढाउनुपर्छ भन्ने होइन : स्वास्थ्यमन्त्री पौडेल

काठमाडौँ, ११ कात्तिक । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नागरिकलाई आधारभूत औषधि कम

सिटामोल अभाव  छैनः औषधि लिमिटेड

  काठमाडौँ ।  बजारमा सिटामोल अभाव भएको भन्ने हल्ला मात्र रहेको नेपाल औषधि